१६ साउन, तेह्रथुम । काठमाडौंबाट आउने बसलाई रोकेको भन्दै फेसबुक डिलक्स सञ्चालक समितिले धरानबाट तेह्रथ्ाुम हुँदै संखुवासभा जाने बस चल्न नदिने घोषणा गरेको छ ।
चार दिन अघिदेखि तेह्रथुम आउने बसलाई अवरोध गर्दै आएका व्यवसायीले शनिबारदेखि धरानबाट तेह्रथम र संखुवासभाका लागि छुट्ने बसलाई फुलेकस्थित चित्रे बजारमा अवरोध गर्ने घोषणा गरेका हुन् । समितिले शुक्रबार विज्ञप्ति निकालेर धरानको संयुक्त वस व्यवसायी संघ, कोशी वस व्यवसायी संघ, पुर्वाञ्चल वस व्यवसायी संघ र सप्तकोशी वस व्यवसायी संघका बस अवरोध गर्ने जनाएको हो ।
गलबार धरानका बस व्यवसायीले फेसबुक डिलक्सको काठमाडौंबाट तेह्रथुम आउँदै गरेको बसलाई धरानमा अवरोध गरेका थिए । उनीहरुले कानुनी प्रक्रिया पुरा नगरी बस चलाएको आरोप लगाएका थिए ।
धरानका व्यवसायीले अवरोध गरेपछि फेसबुकले मंगलबार विहानैबाट तेह्रथुम आउने जाने बसलाई अवरोध गर्दै आएको थियो । गत चैत ९ गतेदेखि तेह्रथुमदेखि काठमाडौंदेखि यात्रु बोकिरहेको फेसबुकले आफूले कानुनी प्रक्रिया पुरा गरेको दाबी गरेको छ ।
फेसबुक डिलक्स चलाउन नदिएसम्म तेह्रथुमको चित्रे भएर चल्ने बसलाई गुड्न नदिने जनाइएको छ । यसैवीच शुत्रबार जिल्लास्थित दल, नागरिक समाज र फेसबुक डिलक्सका सन्चालकको संयुक्त भेलाले तेह्रथुमका नागरिकको सुविधाका लागि तेह्रथुमबाट काठमाडौंसम्म गुड्न दिन आग्रह गरेका छन् ।
-प्रकाश धौलाकोटीको सहयोगमा