Comments Add Comment

केही घन्टामै टुट्यो युद्धविराम, इजरायली आक्रमणमा ३५ को मृत्यु

१६ साउन, काठमाडौं । इजरायल र हमासबीचको ७२ घन्टे युद्धविराम केही घन्टामा टुटेको छ । राष्ट्रसंघका महासचिव वान कि मुन र अमेरिकी विदेशमन्त्री जोन केरीको पहलमा मानवताका आधारमा ७२ घन्टे युद्धविराम सुरु भएको थियो ।

तर, युद्धविराम सुरु भएको केही घन्टामा गाजाको दक्षिणी इलाका रफाहमा इजरायली सेनामा हवाई आक्रमण भएको छ, जसमा ३५ जनाको मृत्यु भएको छ भने सय बढी घाइते भएका छन् ।

इजरायलले हमासले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । रफान आक्रमण प्यालेस्टायनीको रकेट आक्रमणको जवाफ भएको इजरायली अधिकारीहरुले बताएका छन् ।

सुरुङ ध्वस्त पार्ने अभियानका क्रममा आत्मघाती आक्रमणमा दुई सैनिक मारिएको इजरायली सेनाले जनाएको छ ।
गाजाका अधिकारीहरुले इजरायलमाथि आरोप लगाएको छ ।

८ जुलाईबाट सुरु भएको इजरायली सैन्य अभियानका क्रममा १४०० प्यालेस्टायनीको मृत्यु भइसकेको छ ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment