Comments Add Comment

भारतले सदासयता देखाएको छ : प्रधानमन्त्री

१६ साउन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भारतले सदासयता देखाएको बताएका छन् ।

भारतीय विदेश मन्त्री शुष्मा स्वराजले ‘नेपालले जे सम्मानित ठान्छ, त्यही होस । नेपाल सार्वभौम मुलुक हो’ भनेको भन्दै उनले भने-भारत अहिले उदार भएर आएको छ । उसले सबै छिमेकीप्रति सद्भाव देखाएको छ ।’

मधेस केन्दि्रत दलका अध्यक्षहरुसँग शुक्रबार भएको भेटमा प्रधानमन्त्री कोइरालाले १७ बर्षपछि हुन लागेको भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिएका छन् । उनले भने-‘यो भ्रमणबाट जति फाइदा लिन सकिन्छ, लिनुपर्छ ।’

पूर्वाधारलगायत आर्थिक, सामाजिक र औद्योगिक विकास हुन नसक्दा देशको युवा जनशक्ति पलायन भइरहेको भन्दै कोइरालाले भने-‘यत्रो जनशक्ति खाडीको गर्मीमा पसिना चुहाउन गएको छ । र्फकदा काम गर्न नसक्ने शरीर लिएर आउछन ।’ मुलुक तबाह भइसकेको भन्दै उनले भने-‘यो अन्तिम अवसर हो । यसपटक पनि हामीले मुलुकको विकासमा अपेक्षित काम गर्न सकेनौ भने के दुर्दशा हुने हो ?’

प्रधानमन्त्री कोइरालालाई ज्ञापन पत्र बुझाउन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तमसपाका अध्यक्ष महेन्द्र राय यादव र राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीसहितका नेताहरु बालुवाटार पुगेका थिए ।

भेटमा मधेसी नेताहरुले मोदीको भ्रमणका क्रममा सहमतिमा पुग्नु पर्ने विषयहरुको सूची पेश गरेका छन् । सूचीमा हुलाकी लोकमार्गलाई आगामी तीन वर्षमा सम्पन्न गर्ने गरी वार्ता र सहमति गर्नु पर्ने, पूर्वपश्चिम विद्युतीय रेलमार्गलाई मध्यमधेसबाट लैजाने गरी निर्माण गर्ने प्रस्ताव गर्नु पर्ने लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment