Comments Add Comment

बार्सिलोनाका खेलाडीलाई स्केटिङ गर्न प्रतिवन्ध

Barcelona-players

१६ साउन, काठमाडौं । बार्सिलोनाका नयाँ प्रशिक्षक लुइस इनरिकेले नयाँ सिजन सुरु हुनु अघि खेलाडीहरुका लागि नयाँ नियम लागू गरेका छन् । जुन, बार्सिलोनाका सफल प्रशिक्षक पेप ग्वार्डिआलोले लागू गरेको नियमसँग मिल्दोजुल्दो छ ।

इनरिकेले लागू गरेको नयाँ नियम अनुसार खेलाडीहरु ट्रेनिङका लागि एक घन्टा अगाडि आइपुग्नु पर्नेछ । खेलाडीहरुले खानाका लागि धेरै समय लगाउन पाउनेछैन । खानामा मदिरा पूर्ण रुपमा प्रतिवन्ध लगाइएको छ ।

खेलको दुई दिनअघि रातको समयमा खेलाडीहरु घरमा नै हुनु पर्नेछ । खेलाडीहरुको निर्णयलाई सम्मान गरिनेछ तर, नियम तोड्नेलाई १ हजारदेखि ६ हजार पाउण्डसम्म जरिवाना गरिनेछ ।

खेलाडीहरुले समाजिक संजाल प्रयोग गर्दा जिम्मेवार हुनु पर्नेछ भने क्लब विजनेशमा अफिसियल ड्रेस लगाउनु पर्नेछ । इनरिकेले खेलाडीहरुले खरतनाक स्टन्टहरु गर्न रोक लगाएका छन् । जसमा मोटरसाइकल र स्केटिङ समेत पर्छन् ।

गम्भीर दुराचारमा संलग्न भए क्लबबाट निकाल्नेसम्मको नियम प्रशिक्षक इनरिकेले लागू गरेको डेलिमेलले जनाएको छ ।

टाटा मार्टिनोको स्थानमा आएका इनरिकेसँग खेलाडीहरु घुलमिल भइसकेका छन् र उनीहरुको प्रतिक्रिया सकारात्मक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment