Comments Add Comment

कोरिया लैजाने कामदारको कोटा गोप्य

१७ साउन, काठमाडौं । दक्षिण कोरियाले अबदेखि विदेशी कामदार लिँदा कोटा गोप्य राख्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत विदेशी कामदार लिँदा कोटा निर्धारण नहुने भएको हो । कोरियाको यो निर्णयसँगै कति संख्यामा नेपाली कामदार कोरिया जान पाउनेछन् भन्ने पहित्यै जानकारी पाउन अब कठिन हुने भएको छ । यसअघि कोरियाले परीक्षाका लागि आवेदन फारम भर्ने बेलामा नै कामदारको कोटा तोक्ने गरेको थियो ।
कोरियाले नेपालसहित ईपीएस प्रणालीअन्तर्गत कामदार लिने प्रत्येक मुलुकमा एउटै नियम बनाएको अन्नपूर्ण पोस्टमा खबर छ । नेपालसहित विभिन्न १५ वटा मुलुकबाट कोरियाले विदेशी कामदार लिने गरेको छ । अबदेखि यी कुनै पनि मुलुकमा पहिल्यै कामदार निर्धारण हुने छैन् । कोरियाले कोटा गोप्य राख्नुको यकिन कारण भने जानकारी गराएको छैन् । सम्बद्ध स्रोतका अनुसार सुरुमा तोकिएको कोटाअनुसार सबै कामदार लैजान नसकेपछि नयाँ नीति अवलम्बन गरिएको हो ।
कोटा निर्धारण गरेअनुसारका सबै कामदार लैजान नसक्दा रोजगारदाता मुलुकको छविमै नकारात्मक प्रभाव पर्न सक्ने ठहरसहित यो व्यवस्था हटाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment