Comments Add Comment

कमल थापाको पार्टी अाैपचारिक विभाजनको संघारमा

१७ साउन, काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको असन्तुष्ट पक्षले राजधानीमा अलग्गै ‘राष्ट्रिय कार्यकर्ता भेला’ बोलाएको छ । गत महाधिवेशनमा कमल थापासँग अध्यक्षमा पराजित पदमसुन्दर लावतीको अगुवाइमा कमलादीस्थित ‘होटल ऐल्लो प्यागोडा’मा शनिबार बोलाइएको भेलामा करिब १ सय नेता कार्यकर्ताको सहभागिता रहने आयोजकले जनाएका छन् ।Padmasundar & kamal Thapa
‘हामीले देशैभरिका असन्तुष्ट कार्यकर्तालाई भेला गर्न लागेका हौं,’ लावती पक्षका एक नेताले अनलाइनखबरसँग भने-‘भेलाले पार्टीको नीतिका सम्बन्धमा समीक्षा गर्दै संस्थापन पक्षलाई हाम्रो आवाज सुनुवाइ गर्न दबाव दिनेछ, त्यो हुन सकेन भने हामी राजनीतिक प्राणी हौं, आफ्नो तरिकाले अगाडि जाने छौं ।’
सभासद चयनमा एकलौटी गरेकोदेखि पार्टीभित्रका जाति जनजातिलाई नसमेटेको आरोप लगाउँदै आएको राप्रपा नेपालको असन्तुष्ट पक्षले राजतन्त्रवादीहरुको अलग्गै ‘नयाँ शक्ति’ बनाउने तयारी गरेको छ । यही तयारीको श्रृंखलाका रुपमा यो भेलालाई लिइएको स्रोतले बतायो । नयाँ शक्तिमा राप्रपाका लोकेन्द्रबहादुर चन्द र डा. प्रकाशचन्द्र लोहनीलाई समेत समेट्ने तयारी भइरहेको स्रेात बताउँछ ।

चन्दले लगाए कमल थापालाई गुन

बाँके जिल्लामा कमल थापाका कार्यकर्ताहरु ठूलो संख्यामा राप्रपामा प्रवेश गर्न खोजेकोमा लोकेन्द्रबहादुर चन्दले रोकेका छन् । आफ्नो पार्टीमा कमल थापाका कार्यकर्ता प्रवेश गर्न लागेको थाहा पाएपछि चन्दले अहिले राप्रपामा नआउनोस् भनेर कमल थापाको पार्टीलाई गुन लगाएको स्रोतले अनलाइनखबरलाई बतायो । कमल थापाका कार्यकर्तालाई राप्रपामा प्रपेश गराउने कार्यक्रममा लागि अध्यक्ष पशुपतिसमशेर राणा नेपालगञ्ज जाने तिथिसमेत तय भइसकेर वीचैमा रोकिएको स्रोतको भनाइ छ ।

वीपी कोइरालाबारे राप्रपा नेपालको बहस
यसैवीच, राप्रपा नेपालको प्रचार विभागले शनिबार दिउँसो थापागाउँस्थित अनमोल क्याटरिङमा वीपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिबारे बहस कार्यक्रको आयोजना गर्ने भएको छ । कमल थापाको प्रमुख आतिथ्यमा हुने बहसमा विश्वबन्धु थापा, डा. शेखर कोइराला, बरिष्ठ पत्रकार युवराज घिमिरे र बरिष्ठ अधिवक्ता हरिहर दाहाललगायतलाई वक्ताका रुपमा निम्त्याइएको राप्रपा नेपालका प्रचार विभाग सदस्य बासु दाहालले अनलाइनखबरलाई बताए । वीपी जन्म शताब्दीको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको दाहालले बताए ।

थप समाचार
राजा फर्काउन कमल थापालाई ‘किक’ हान्ने तयारी

कमल थापालाई साउनभरि कुर्छौं : रामु राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment