Comments Add Comment

हेडसरले कुट्दा शिक्षकको मृत्यु

१७ साउन, डोटी । डोटीको एक विद्यालयका प्रधानाध्यापकको कुटाइबाट शिक्षकको मृत्यु भएको छ । विपिनगरको निरौलीमा रहेको दुर्गा निम्न माध्यमिक विद्यालयमा प्रधानाध्यापक भीमबहादुर बोहराको कुटाइबाट बर्छैन ९ को आदर्श प्राविका शिक्षक दानबहादुर बोहराको ज्यान गएको हो ।
बोहराले विद्यालयको कोषबाट लगेको पैसाको सावाँ व्याज नबुझाउँदा प्रधानाध्यापक बोहराले कुटेका थिए । दानबहादुरले विद्यालयको कोषबाट ५ हजार लगेको र उक्त पैसा नतिर्दा कुटाइ खाएको स्थानीयले बताएका छन् ।
कुटपिटबाट नै बोहरा मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रहरीमा उजुरी दिएपछि भीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment