Comments Add Comment

उद्दारका लागि प्रधानमन्त्रीको निर्देशन

sunkoshi-11

१७ साउन, काठमाडाै ।प्रधानमन्त्री सुशील कोइरालाले सुनकोशी नदीको बहावलाई सावधानिपूर्वक नियमित गर्न र धनजनको क्षतिबाट बचाउन गृहमन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीका अनुसार बहाब रोकिएको नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लैजान सबै स्रोत साधन परिचालन गर्न कोइरालाले निर्देशन दिएका छन् ।
यसैबीच केन्द्रीय दैवी प्रकोप उद्दार समितिले गरेको सिफारिस अनुसार सुनकोशी नदीबाट प्रभावित हुने क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणाका लागि पनि सरकारले पहल सुरु गरेको छ । बहाब रोकिएको नदी भन्दा तलको स्थानमा रहेको स्थानीयबासीलाई पनि अहिले सुरक्षित स्थानतर्फ सार्ने काम भइरहेको छ ।
घटनास्थलबाट ८ जनाको शव निकालिएको छ भने १६ जना घाइतेको उद्दार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment