Comments Add Comment

सप्तकोशीमा सतर्कता, सुनसरीका बासिन्दा त्रसित

१७ साउन, काठमाडौं । सुनकोशीको पानी थुनिएपछि त्यसको बहावले छुने सुनसरी जिल्लाको प्रकाशपुर गाविसका बासिन्दामा समेत त्रास देखिएको छ ।
सप्तकोशी नदीसँग जोडिएका गाविसका बासिन्दाहरुले टेलिफोन गरेर सुनकोशीको असर कहाँसम्म आइपुग्छ भन्ने चासो राखेको बिराटनगरबाट हाम्रा सहकर्मी ध्रुब भट्टराईले बताए । सुनकोशी नदीको पानी चतरा नजिकै त्रिवेणी धाममा पुगेर सप्तकोशीमा मिसिने भएकाले त्यसक्षत्रेका बासिन्दासमेत त्रासमा परेका हुन् ।

सुनसरीको महेन्द्रनगर, चतरा, प्रकाशपुर, राजबासलगायतका नदी आसपासका बासिन्दाहरु क्रसित बनेका हुन् । नदीको बहाव खुलाउने क्रममा तिव्र गतिका साथ नदी बहने हुँदा सो क्षेत्रमासमेत क्षति पुग्ने हो कि भन्दै स्थानीयबासी त्रसित भएको प्रकाशपुरका स्थानीयबासी बद्री बुढाथोकीले जानकारी दिए । नदीको बारेमा स्थानीयहरु झुण्ड झुण्ड रुपमा भेला भई पर्न सक्ने जोखिमका बिषयमा कुराकानी भई रहेको बताइएको छ ।
बिहानैदेखि सञ्चार माध्ययमहरुमा पहिरोले सुनकोशी नदीको बहाव रोकिएको समाचार आएपछि सप्तकोशी नदी आसपास क्षेत्रका स्थानीयबासीहरु त्रसित बनेका छन् । नदीको बहाव खुलाउने कार्य ढिलाइ हुँदै जाँदा अझ जोखिम बढ्ने भन्दै सो क्षेत्रका स्थनीय चिन्तित भएका छन् ।

स्थानीय प्रशासनले समेत थुनिएको नदीको बहाव खुलाउँदा सुनसरी जिल्लाअन्तरगत सप्तकोशी नदी आसपास क्षेत्रमा असर पर्न सक्ने भन्दै उच्च सर्तकता अपनाउन सचेत गराएको छ । शनिबार बिहान सुनसरी सदरमुकाम इनरुवामा बसेको सुरक्षा समितिको बैठकले सुनकोशी नदीको बहाव मुल नदी सप्तकोशीमा आउने भएकाले जिल्लावासीलाई सचेत हुन आग्रह गरेको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी सुर्दशनप्रसाद ढकालले सप्तकोशी नदीमा पानीको बहाव एक्कासी तिव्र हुने भएकाले उच्च जाखिम हुन सक्ने भन्दै नदी आसपासका बासिन्दालाई सर्तक रहन निर्देशन दिएका हुन् ।

विगतमा कोशीको बाढीबाट पीडित बन्दै आएका त्यसक्षेत्रका बासिन्दाको डरको अर्को कारण भारतको भूमिका पनि हो । कोशीमा बाढी आएका बेला भारतले नदीको ढोका थुनिदिने गरेको गुनासो सुनसरीबासीले गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment