Comments Add Comment

श्रीकृष्ण र स्वेतालाई हेर्न बाबुआमा चाहिने

shree-and-sweta
नायक श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्का अझै पनि भारतबाट फर्किएका छैनन् । श्रीकृष्णको स्वास्थ्य अवस्थाको बारेमा अझै पनि केही खुलाइएको छैन । यसैले पनि चलचित्र ‘कोहिनुर’का निर्देशक आकाश अधिकारी केही तनावमा देखिएका छन् । उनले आफ्नो सिनेमाको सेन्सर पनि गराएका छन् । चलचित्र ‘कोहिनुर’ले पीजी सर्टिफिकेट पाएको छ ।

भारतमा वेचिएकी एक यूवतीको कथा भएकाले पनि यसलाई पीजी सर्टिफिकेट दिइएको निर्देशक अधिकारीले बताएका छन् । अब यो सिनेमा हेर्न १६ बर्षभन्दा तलका बालबालिकालाई बाबुआमा चाहिनेछ ।
श्रीकृष्ण र स्वेता नहु“दा सिनेमाको प्रचारप्रसारमा समेत घाटा पुगेको छ । यो चलचित्र साउन २३ गतेबाट प्रदर्शनमा आउ“दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment