Comments Add Comment

कमल थापाले मोदीलाई संसदमै स्वागत गर्ने

१७ साउन, काठमाडौं । राप्रपा नेपालले आइतबार सभामुखसँग विशेष समय मागेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत गर्ने भएको छ । प्रमुख तीन दलको सिण्डिकेटका कारण मोदीलाई अलग्गै स्वागत गर्न नपाएको भन्दै राप्रपा नेपालले यस्तो निर्णय गरेको हो ।kamal-thapa-with-modi

‘तीन दलले अलोकतान्त्रिक चरित्र देखाए, संसदको चौथो शक्तिलाई समेत मोदीको स्वागत गर्न नदिने प्रमुख दलले षड्यन्त्र गरे,’ राप्रपा नेपालका केन्द्रीय सदस्य राजाराम बर्तौलाले अनलाइनखबसँग भने-‘त्यसैले हामीले मोदीलाई संसदभित्रै स्वागत गर्ने निर्णय गरेका छौं ।’
कांग्रेस, एमाले, एमाओवादी र मधेसी दलका नेताहरुले आफ्नो दललाई अछुतको जस्तो व्यवहार गर्न खोजेको भन्दै राप्रपा नेपालले गुनासो गरेको छ ।
‘राप्रपा नेपालका अर्का केन्द्रीय सदस्य मोहन श्रेष्ठले भने- ‘हामीलाई प्रमुख तीन दलले निषेध गर्न खोजे ।’
नरेन्द्र मोदी हिन्दु धर्मावलम्बी भएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले आफूसँग निकट मान्ने गरेका छन् । तर, मोदीको भ्रमणमा आफ्नै दललाई सत्तारुढ दलले उपेक्षा गरेर स्वागत गर्ने अधिकारबाट वञ्चित पार्न खोजेको राप्रपा नेपालका नेताहरुको गुनासो छ ।
यद्यपि प्रधानमन्त्री सुशील कोइरालाले सोल्टी होटलमा मोदीको स्वागतमा दिने रात्रीभोजमा राप्रपा नेपालालई निम्त्याइएको स्रोतले बतायो ।
मोदीले कुन नेतालाई भेट्ने नभेट्ने त भारतीय पक्षले तय गर्ने विषय होइन र ? अनलाइनखबरबको प्रश्नमा बर्तौलाले भने- ‘यस्ता भेटघाटबारे भारतीय दूतावाससँग नेपाल सरकारले समन्वय गरिरहेको छ, भारतीय दूतावासबाट हामीलाई विभेद गरिएको होइन, नेपालकै नेताहरुबाट हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment