Comments Add Comment

मोदीको भ्रमणमा कहाँ- कहाँ हुँदैछ सवारी निषेध ?

१७ साउन, काठमाडौं । मोदीको दुई भ्रमणका समयमा राजधानीका विभिन्न स्थानमा सवारी चलाउन रोक लगाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सुरक्षालाई मध्यनजर गर्दै सवारी मार्ग खाली गर्न लागिएको हो । ट्राफिकले बैकल्पीक मार्गहरु प्रयोग गर्न अनुरोध गरेको छ।

सवारी मार्ग खाली हुने स्थान-

आइतबार

– बिहान १० बजेदेखि १२ बजेसम्म सिनामंगल, गौशाला, चाबहिल भएर बौद्धतर्फ चल्ने सवारी साधनहरुले उक्त मार्ग प्रयोग गर्न नपाइने ।

-दिउँसो सवा १ बजेदेखि पौने ३ बजेसम्म होटल हयातबाट चाबहील गौशाला, सिनामंगल, तीनकुने, नयाँबानेश्वर, माईतीघर भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने ।

-दिउँसो साँढे ३ बजे देखि साँढे ४ बजेसम्म सिंहदरबार, माईतीघर, भएर तीनकुने तर्फ जाने सवारी साधनहरु चलाउन नपाइने ।

– अपरान्ह साढे चार बजेदेखि साँझ साढे पाँच बजेसम्म नयाँ बानेश्वर, तीनकुने, सिनामंगल, गौशाला, चावहील, भएर बौद्ध तर्फ जाने सवारी साधनहरु चलाउन नपाइने ।

सोमबार

– बिहान ९ बजेदेखि साँढे १० बजेसम्म बौद्ध, चुच्चेपाटी, चावहील, गौशाला, सिनामंगल भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने ।

– पौने ११ बजेदेखि साँढे ११ बजेसम्म र साँढे १२ बजेदेखि साँढे १ बजेसम्म लाजिम्पाट, पानीपोखरी, बालुवाटार, नारायणगोपालचोक, धुम्बाराही, सुकेधारा, चावहील, बौद्ध भएर चल्ने सवारी साधनहरु चल्न नपाइने ।

-अपरान्ह् ४ बजेदेखि साँझ ५ बजेसम्म बौद्ध, चावहिल, गौशाला, सिनामंगल, तीलगंगा, तिनकुने भएर चल्ने सवारी साधनहरु चलाउन नपाइने ।

करेक्सन- यसअघि प्रकाशित समाचारमा उपत्यकामा दुर्इ दिन सरकारी विदा दिने उल्लेख भएकाेमा सरकारका प्रवक्ताले विदा नदिइएकाे स्पष्ट पारेकाले सच्याइएकाे छ । सरकारी स्राेतबाट प्राप्त उक्त समाचारबाट पाठकमा पर्न गएकाे भ्रमप्रति क्षमायाचना गर्दछाैं – सं  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment