Comments Add Comment

‘जस्टिस टु जस्टिस भुटान’ सार्वजनिक

१९ साउन, काठमाडौं । भुटानी शरणार्थी एनबी गिरीद्वारा भुटानी शरणार्थी समस्यामाथि लेखिएको पुस्तक ‘जस्टिस टु जस्टिस : भुटान’ सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक भएको छ ।justice-to-bhutan

कवि श्रवण मुकारुङले पुस्तक सार्वजनिक गर्दै पुस्तकले भुटानी शरणार्थीको विषयमा यथार्थरुपले प्रकाश पारेको बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ईश्वरी वाग्ले तथा त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विषयका अध्यापक यम चौलागाईंले उक्त पुस्तकमाथि टिप्पणी गरेका थिए ।

कार्यक्रममा लेखक एनबी गिरीले शरणार्थीको कथा व्यथालाई पुस्तकमा उतारेको बताए । शरणार्थीको पहिचान र तिनले उठाएको प्रश्नमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन पुस्तक लेखेको उनको कथन थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment