Comments Add Comment

अजय सुमार्गीले गाउँले युवालाई सिप सिकाएर रोजगारी उपलब्ध गराउने

muktishree-Group
२० साउन, काठमाडौं । ग्रामिण क्षेत्रमा शिक्षित युवाहरुलाई सिप सिकाई आफ्नै घरमा बसेर काम गर्ने स्थिती सिर्जना गर्न मुक्तिश्री समूहले दुई विदेशी संस्थासँग सम्झौता गरेको छ ।

समूहले बैंगलोरमा कार्यरत रुरल शोर र संयुक्त अधिराज्यको इन्क्लुिसिभ भेन्चर लिमिटेडसँग सम्झौता गरेको हो । रुरल शोर सामाजिक तथा व्यावसायिक संस्था हो भने इन्क्लुिसिभ भेन्चर सेड बिजनेश स्कुल अक्सफोर्ड युनिभर्सिटीका एक्जुक्युटिभ एमबीए ग्राजुएटहरुले स्थापना गरेको संस्था हो ।

रुरल शोरको मौलिक र धेरैले प्रशंसा गरेको मोडेल पहिलोपल्ट भारत बाहिर प्रयोग गर्न लागिएको मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले बताए । साझेदारीपछि नेपालमा बहुपक्षीय तालिम र रोजगारीको पहिलो केन्द्र हेटौंडामा र त्यसपछि लुम्बिनीमा स्थापना गरी काम गर्ने उनकाे भनार्इ थियाे ।

यस कार्यक्रम अन्तर्गत ग्रामीण क्षेत्रका युवाहरुलाई व्यावसायिक तालिम दिइने छ । तालिम लिएका युवाहरुलाई घरमै बसी विभिन्न सेवामुलक काम गरेर आय आर्जन गर्ने अवसर उपलब्ध गराइनेछ । सिप सिकेका युवालाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बजारबाट बिजनेस प्रोसेस आउट सोर्सिङ्, कल सेन्टर र अन्य सेवाको काम खोजी यसै केन्द्रले रोजगारीको व्यवस्था मिलाउने सुमार्गीले बताए ।

ग्रामीण क्षेत्रबाट कुशल जनशक्ति बाहिरिने परम्परालाई यस प्रक्रियाले निरुत्साहित गर्ने कम्पनीले विश्वास लिएको छ । ग्रामीण क्षेत्रमा नै बसेर युवाहरुले आफ्नो सिप र श्रमको प्रतिफल पाउन सक्ने बताउँदै कम्पनीले यसले सहरी क्षेत्रमा विकास भएको प्रविधि गाउँमा जाने परम्परामा परिवर्तन आई ग्रामीण क्षेत्रमा प्रविधि विकास गरी शहरी क्षेत्रलाई सहयोग पुराउने दाबी गरेकाे छ ।

सम्झौताका अवसरमा कम्पनीका अध्यक्ष सुमार्गीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा नेपालका ग्रामीण युवाले सिप सिक्ने र रोजगारी पाउने यस्तो सम्झौता गर्न पाएकोमा प्रसन्न भएको बताए ।

‘भारतको ग्रामीण क्षेत्रमा पूर्ण सफल हुन सकेको यो नमुनाबाट नेपाली ग्रामीण क्षेत्रका युवाहरुले पनि आफनै कार्य थलोमा कुशलता हासिल गरीे भविष्य निर्माण गर्न सक्नेछन्’ सुमार्गीले भने ।

रुरल शोरका कार्यकारी प्रमुख मुरली वुलगन्टीले भारतका १० राज्यका ग्रामीण क्षेत्रका युवाहरुलाई उनीहरुकै क्षेत्रमा गई सिप सिकाएर रुरल शोरले रोजगारीको अवसर प्रदान गरेको जानकारी गराए । उनले अक्सफोर्डस्थित इन्क्लुुसिभ भेन्चर र मुक्तिश्री समुहसँग मिलेर यो कार्यक्रम नेपालमा शुरु गर्न पाएकोमा प्रसन्नता व्यक्त गरेका छन् ।

‘अन्तराष्ट्रिय स्तरमा नै ग्रामीण युवाहरुलाई अवसर प्रदान गरी जीवनस्तर उकास्ने लक्ष्य हामीले लिएका छौं’ इन्क्लुसिभ भेन्चरका अध्यक्ष मोहमद अमेरसीले भने- ‘रुरल शोरको सफल नमुनालाई भारतबाहिर बिस्तार गर्न मुक्तिश्रीको सहभागिता फलदायी हुने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment