+
+

चरी मर्दा तपाईलाई कस्तो लाग्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २२ गते ८:५०

Dinesh-adhakari-chariडनका रुपमा चर्चित धादिङका दिनेश अधिकारी चरीको हत्या भएपछि यसबारे दुईखाले बहस सिर्जना भएका छन् । प्रहरीले गरेको कारवाहीलाई सही बताउँदै गुण्डालाई यसैगरी तह लगाउनुपर्ने बलियो आवाज एकातिर सुनिएको छ भने अर्कोतर्फ राज्यका प्रहरीले यसरी इन्काउन्टर भन्दै समात्न सकिने मान्छेलाई गोली हानेर हत्या गर्नु सही नहुने तर्क पनि बलियो गरी उठिरहेको छ । चरीको हत्याको विरोधमा बुधबार सडकमासमेत असन्तुष्टि देखियो
तपाई यो घटनालाई कसरी लिनुहुन्छ ?
१. डनलाई यसै गरेर ठेगान लगाउनुपर्छ । प्रहरीले जे गर्‍यो, ठीक गर्‍यो ।
२. देशमा मृत्युदण्ड दिने कानून नभएकाले यो घटना सही होइन । प्रहरीले घुँडामा गोली हान्न सक्थ्यो, इन्काउन्टर भनेर प्रहरीले नाटक गरेको हो । यो घटना लोकतन्त्र र मानवअधिकार विपरीत छ । भोलि यसैगरी नागरिकहरु मारिन सक्छन्, त्यसैले घटनाको छानविन गरी प्रहरीलाई कारवाही गर्नुपर्छ । अपराधीको पनि बाँच्न पाउने अधिकार हुन्छ ।

३. हामीलाई न शोक न सूर्ता, भोक न भकारी । हामीजस्तो गरिखानेहरुलाई केही मतलत छैन । जसले जस्तो काम गर्छ, उस्तै फल भोग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment