Comments Add Comment

बुद्धको जन्मस्थलबारे मोदीको स्वीकारोक्तिको अर्थ

रामकुमार श्रेष्ठ

नेपाल भ्रमणमा क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानसभामा सम्बोधन गर्ने क्रममा ‘विश्वलाई चकित गर्ने बुद्ध जन्मेको देश’ भनी लुम्बिनीलाई बुद्धको जन्मथलोको रुपमा स्वीकारिएको कुराले भारतीय सञ्चारमाध्यमद्धारा बुद्धको जन्मथलो बारे गर्रे अनावश्यक विवाद टुंगिने संकेत मिलेको छ । मोदीको सम्बोधनले लाखौं नेपालीको मनमात्रै जितेन थुप्रै अन्तराष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यानाकर्षण गरेको देखिन्छ ।rajkumar-shrestha

योगगुरु रामदेबले आफ्नो पुस्तकमा बुद्ध भारतमा जन्मेको उल्लेख गरेपनि प्रधानमन्त्री मोदीले बुद्ध नेपालमा जन्मेको कुरा गरेर त्यसको खण्डन गरे । केही समय अघिमात्रै मोदीले ‘जुनबेला बिहारलाई बुद्धको आवश्यकता थियो, बिहारले बुद्ध दियो’ भनेकाले बिबाद र आलोचनाका पात्र हुनुपरेको थियो । मोदी भारतका प्रधानमन्त्रीको हैसियतमा नेपाल आउँदा संविधानसभामा सम्बोधन गर्ने क्रममा बुद्ध नेपालमै जन्मेको भन्दै नेपाललाई बुद्धको देशका रूपमा चिनाउनुपर्ने पटक पटक दोहोर्याए

नेपालका साना कुरासमेत जानकारी राख्ने खुबी भएका नेता मोदीले बिहारले बुद्ध दिएको भनी बोलेको, नक्कली कपिलवस्तु निर्माण, बुद्ध फिल्ममा कबिर बेदीले बोलेपछि भएका बिरोध र नेपालीले यसबारे भारतको नियतबिरुद्ध विश्वब्यापी दर्शाएको बिरोधबारे अनभिज्ञ छन्, भन्न सकिन्न। प्रो कनिङ्हामको नेतृत्वमा युनेस्को मार्फत लुम्बिनीमा भैरहेको अनुसन्धानबाट बुद्धको जन्मस्थल र समयसमेतको नयाँ जानकारी तथा वैज्ञानिक पुनर्पुष्टि अन्तराष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकतामा परेबाट भारतले सामना गर्नुपरेको असहज लज्जाबोधलाई पनि नबुझेका मानन सकिन्न । र, अर्को कुटनीतिक पक्ष भनेको भारतले राष्ट्र संघको सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा पुन: उम्मेदवारी दिंदैछ । मोदीले बुद्ध जन्मस्थलबारे जे बोले त्यसलाई यी सबैबाट अलग राख्न सकिन्न ।

मोदीको यो स्वीकारोक्तिबारे तीन फरक धार नेपाली बीच देखा परे । पहिलो, मोदीले जे बोले त्यो सबैभन्दा महत्वपूर्ण हो र, भारतले नै बुद्ध जन्मस्थलबारे अनावाश्य विवाद सिर्जना गरेकाले अब कुनै बिबाद रहँदैन न कि बिबाद टुङियो । दोश्रो, नेपालबाट आफ्नो स्वार्थ पुरा गर्ने कुटील चालबाजी भएकोले उनको कुरोमा विश्वाश गरिनु हुन्न । र, तेश्रो वाध्यताले या चालबाजीका रुपमा भारतीय प्रधानमन्त्रीका हैसियतमा मोदीले बुद्ध जन्मस्थल बारे संविधानसभामा सम्बोधन गर्ने क्रममा बोलेका कुराले भारतबाट बेला बखतमा निकालिने अनावाश्यक बखेडामा निश्चित रुपमा कमी आउनेछ । समस्याको जरोको रुपमा रहेको विभिन्न देशको पाठ्यपुस्तकमा नै भएको गलत जानकारी सच्याउने क्रममा कोरिया र स्वीडेनमा प्राप्त भएको सफलतालाई अरु देशमा निरन्तरता दिन सहज बातावरण सिर्जना हुन सक्नेछ ।

अब वुद्धको जन्मथलोबारे सिर्जित समस्या समाधानार्थ जनस्तरबाट शुरु विश्वव्यापी अभियानको कुनै औचित्य नभएको कुरा उठाउनेले बुझ्नुपर्ने महत्वपूर्ण कुरा के हो भने यो समस्या भारत र नेपालमामात्रै सीमित नभएर थुप्रै देशको पाठ्यपुस्तकमै बुद्ध जन्मस्थलबारे गलत जानकारी राखिएको छ । संसारभरका करोडौं मानिसले गलत जानकारी प्राप्त गरिरहेकाले अभियानले यो समस्यालाई समस्याको जरोका रुपमा लिएको छ ।

मोदीको यो स्वीकारोक्तिले अभियानमा सिर्जना हुने ब्यबधानमा कमी आउने कुरालाई नकार्न सकिन्न । जसले अभियानको औचित्य समाप्त हुने दिन नजिकिन सक्छ । अब हाम्रो दायित्व कोरिया र स्वीडेनकै कामको निरन्तरताको रुपमा विभिन्न देशको पाठ्यपुस्तकमा भएको गलत जानकारी सच्याउनेतर्फ केन्द्रित हुनुपर्ने हुन्छ । अभियानले एक हदसम्म जनचेतनाको अवस्था पूरा गरेकाले अब बिभिन्न देशको पाठ्यक्रममा बुद्ध जन्मस्थलबारे भएको गलत जानकारी सच्याउने कुरामा जोड दिएअनुरुप स्वीडेनमा त्यो सफलता हासिल भएको हो ।

एकासौं शताब्दीमा नियतवश गलत जानकारी प्रबाहले अन्तराष्ट्रिय दृष्टिकोण नकारात्मक बन्ने भएकाले सत्यका पर्यायबाची बुद्धको जन्मस्थलबारे साँचो कुरा गरेर बुद्धप्रति साँचो अर्थमा आदर गर्नु नै उपयुक्त हुन्छ । नेपालले त आखिर ढिलोचाँडो समस्या समाधान गर्ने भएकाले शक्तिसम्पन्न राष्ट्रको सूचीमा पर्न अग्रसर भारतले यस्ता समस्याका कारण विश्व रंगमन्चमा आफ्नो छबि धुमिल हुन नदिन समयमै अग्रसर हुनु नेपालभन्दा भारतकै लागि बढी हितकर देखिन्छ ।

(जिलोङ, अस्ट्रेलियामा बसोबास गर्ने लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment