Comments Add Comment

बाबुरामले ल्याए नयाँ शक्तिको पाँच ‘स’

२९ साउन, काठमाडौं । एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले नयाँ नेपालमा नयाँ शक्ति बनाउनका लागि ५ ‘स’ सूत्र अघि सारेका छन् ।

नेता भट्टराईले नयाँ नेपालका पाँचवटा सूत्रका रुपमा शान्ति, संविधान, सुशासन, समृद्धि र समाजवादलाई अघि सारेका हुन् । पाँचवटै शब्दलाई एक अर्कासँग जोडेर व्याख्या गर्दै नेता भट्टराईले राष्ट्रिय सहमति कायम गरी नयाँ नेपालका लागि एकजुट हुन आहृवानसमेत गरेका छन् ।

‘शान्तिबाट संविधान, संविधानबाट सुशासन, सुशासनबाट समृद्धि र समृद्धिबाट समाजवाद’, भट्टराईले पाँच ‘स’ व्याख्या गर्दै भनेका छन्, यसमा राष्ट्रिय सहमति गरौं र बनाऔं नयाँ नेपाल ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment