Comments Add Comment

पूर्वाञ्चलमा टेलिकमको जेनेरेटर बिग्रियो

२९ साउन बिराटनगर । नेपाल टेलिकमको जेनेरेटरमा खराबी आएपछि पूर्वाञ्चलमा तीन दिनदेखि इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध हुन पुगेको छ । बिजुली आएका बेला सिस्टमले काम गरे पनि लोडसेडिङ हुँदा जेनेरेटरले काम नगरेपछि उपभोक्ता मारमा परेका छन् ।

लोडसेडिङ हुनासाथ ल्याण्ड लाइन टेलिफोन, जिएसएम मोबाइल, सिडीएमए टेलिफोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध हुने गरेका छन् । टेलिकमका दुईवटा जेनेटरमा खराबी आएपछि सेवा अवरुद्ध हुन पुगेको हो । लोडसेडिङका बेला सिस्टम सञ्चालन नभएपछि पूर्वाञ्चलका १२ लाख जिएसएम, २ लाख सिडीएमए र १ लाख एडिएसएल प्रयोग गर्ने उपभोक्ता मारमा परेका छन् । सेवा अवरुद्ध हुन पुग्दा इन्टरनेट प्रयोगकर्ता सबैभन्दा धेरै समस्यामा परेका छन् ।

विद्युत आपूर्ति गर्ने जेनेरेटरमै खराबी उत्पन्न भएपछि सम्पूर्ण सेवा प्रभावित भएको नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय कार्यालय बिराटनगरले जनाएको छ । ‘मोबाइल कन्ट्रोल सिस्टम नै बन्द हुन पुगेपछि पूर्वाञ्चलमा टेलिकमको सेवा अवरुद्ध भएको छ, टेलिकमका पूर्वाञ्चलका क्षेत्रीय निर्देशक चेतनरत्न कंशाकारले अनलाइनखबरसँग भने ।
पूर्वमा गएको शनिबारदेखि शुरु भएको विद्युत आपूर्तिको कमीका कारण धेरै समयसम्म जेनेरेटर चलाउनु पर्दा लोड थाम्न नसकेर खराबी आएको कंशाकारले बताए ।

‘जिएसएम र ल्याण्डलाइन चल्न सक्ने गरी विद्युत प्रबन्ध हँुदै छ कंशाकारले भने, राजधानीबाट नयाँ जेनेरेटर आएपछि अवरुद्ध सबै सेवा शुरु हुनेछन् । टेलिकमको मोबाइल कन्ट्रोल सिस्टममा विद्युत आपूर्ति गर्ने ३५० केभीएका दुईवटा जेनेरेटर केही समय पहिले मात्र ९ लाख रुपैयाँ खर्च गरी मर्मत गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment