Comments Add Comment

अग्ली हिरोइनसँग विर्खेको चर्चा

subash-and-aausha-rai

भदौ २० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘विर्खेलाई चिन्छस्’ अहिले चर्चामा छ । विशेषगरी चलचित्रको गीत र प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा बढेको हो । नेपाली सामाजिक कथावस्तुलाई टिपेर तयार पारिएकाले पनि निर्माता तथा नायक सुवास थापा सिनेमा चल्नेमा ढुक्क छन् ।

यसको निर्माणपक्षले अब सडक प्रचारलाई तताउने बताएको छ । आयुषा राई र सुवास थापा मुख्य कलाकारको रुपमा रहेको सिनेमालाई अराज केशवले निर्देशन गरेका हुन् ।

चलचित्रमा समावेश शिर्ष गीतले अहिले बजारमा दर्शकको मन जितेको छ । निर्माणपक्षले चाडै नै ‘विर्खेलाई संविधान दे’ भन्दै संविधान सभा घेराउको कार्यक्रम पनि गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment