Comments Add Comment

५१ वर्ष पुगिन् श्रीदेवी, यस्तो छ उनको फिल्मी यात्रा

shreedevi

मुम्बई । अभिनेत्री श्रीदेबी ५१ वर्ष पूरा भएकी छिन् । उनी ५१ वर्ष पूरा भएको अवसरमा विभिन्न भारतीय सञ्चार माध्यमले छोरी जान्हबीसंगै उभिएको तस्बिर सार्वजनिक गरेका छन् । बेला बेलामा जान्हबी फिल्ममा आउन लागेको चर्चा भएपनि श्रीदेबीले छोरी फिल्ममा प्रवेश गर्न लागेको कुरालाई खण्डन गर्दै आएकी छिन् ।

७० को दशकमा वाल कलाकारको रुपमा अभिनयमा प्रवेश गरेकी श्रीदेबीले सन् १९७५ मा बनेको फिल्म ‘जुली’ अभिनेत्रीकी लक्ष्मीको बहिनीको भूमिका निर्वाह गरेपछि चर्चामा आएकी थिईन् ।
प्रारम्भमा दक्षिण भारतीय फिल्ममा काम गरेकी श्रीदेबीले ‘सोलह साल’ वाट हिन्दी फिल्ममा पाईला अघि बढाएकी थिईन् । हिम्मतवाला, तोहफा, मिस्टर इण्डिया, नागिन जस्ता सुपरहिट फिल्म खेलेपछि भारतीय मिडियाले ‘लेडी अमिताभ बच्चन’ समेत भने उनलाई ।

हिन्दी भाषामा कमजोर भएको कारण सुरुका केही फिल्ममा श्रीदेबीले डबिङ गर्न सकिनन् । अभिताभ बच्चनसँग काम गरेको फिल्म ‘आखिरी रास्ता’ मा उनको डविङ रेखाले गरिदिएकी थिईन् ।
सन् १९८९ मा बनेको यश चोपडाको फिल्म ‘चाँदनी’ नै पहिलो फिल्म हो, जुन फिल्ममा श्रीदेबी आफैले डबिङ गरेकी थिईन् । सोही फिल्ममा उनले एउटा गीत पनि गाएकी थिईन् ।

चोपडाकै अर्को फिल्म ‘लम्हे’ मा श्रीदेबीको अभिनयको निकै तारिफ भयो तर, उक्त फिल्मले बजारमा राम्रो प्रभाव पार्न सकेन ।

८० को दशकको अन्ततिर श्रीदेबी र मिथुन चक्रबर्तीको रोमान्सको हल्लाले बजार पिटेको थियो तर, दुबै कलाकारले यसलाई कहिल्यै स्वीकारेनन् । श्रीदेबी र अमिर खानले कहिल्यै एउटै फिल्ममा काम गरेनन् तर, एक पत्रिकाले उनीहरुलाई संगै राखेर फोटो सुट गरेको थियो । त्यसो त अमिरले श्रीदेबीसँग फिल्म खेल्न चाहेको कुरा पटक-पटक बताउँदै आएका थिए ।

हिन्दी फिल्ममा काम गर्न थालेपछि श्रीदेबी चेन्नेईवाट मुम्बई आएकी थिईन् । बोनी कपुरको फिल्म ‘मिस्टर इण्डिया’मा काम गर्ने क्रममा मुम्बई आएकी श्रीदेबी केही समय बोनीकै घरमा बसिन र यही फिल्मवाट उनीहरुको सम्बन्ध बिस्तार भएको थियो ।

सन् १९९७ मा हिन्दी फिल्म ‘जुदाई’ मा काम गरेपछि १५ वर्षसम्म उनी गुपचुप रहिन् । सन २०१२ मा बनेको ‘ईङ्गलीस विङ्गलीस’ मा उनले मुख्य भुमिका निर्वाह गरेकी थिईन् । जुन फिल्ममा अमिताभ बच्चन अतिथी भुमिकामा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment