Comments Add Comment

अदालतले छुटाएका कांग्रेस नेता तत्कालै प्रहरीको फन्दामा

२९ साउन, सुनसरी । अपहरणको मुद्दा खेपिरहेका नेपाली कांग्रेस इटहरी नगर समिति सभापति हेमकर्ण पौड्याललाई अदालत परिसरबाटै प्रहरीले पक्राऊ गरेको छ ।

सुनसरी जिल्ला अदालतले बुधबार साँझ ७ लाख १५ हजार धरौटी लिएर छाडेलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । पौड्याललाई अपहरणलगायतका विभिन्न फौजदारी अभियोगमा प्रहरीले खोजी गरिरहेको थियो । रिहाइका लागि उनले अदालतमा पैसासमेत बुझाइसकेका थिए ।

इटहरीका दुर्गा अधिकारीलाई अपहरण गरी शरीर बन्धक बनाएको अभियोग पौड्यालमाथि छ । सुनसरी जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीको एकल इजलासले बुधबार साँझ ७ लाख १५ हजार रुपैयाँ धरौटी लिएर पौड्याललाई छाड्ने आदेश दिएका थिए ।

गम्भीर प्रकृतिको फौजदारी अभियोगमा यसरी धरौटीमा छाड्न नपाइने अदालती बन्दोबस्तमा प्रावधान रहेको छ । तर, थुनामा राखेर कारवाही गर्ने कानूनी प्रावधान भए पनि न्यायाधीशले आश्चार्यजनकरुपमा धरौटी लिई रिहा गर्ने आदेश दिएका थिए ।

कांग्रेसका केही नेता एवं सरकारी वकिलको मिलेमतोमा उनले आत्मसर्मण गर्ने र अदालतले तत्कालै छाड्ने आदेश दिने ग्रान्ड डिजाइन बनेको भन्दै प्रहरीले उनलाई पक्रेको स्रोतले बतायो । तर, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी विनोद शर्माको टोलीले अदालत परिसरबाटै पौडयाललाई साँझ पक्राउ गरेपछि उनलाई छुटाउने खेलमा गभ्मीर धक्का लागेको छ ।

पौड्यालविरुद्ध अन्य विषयमा समेत उजुरी परेकाले पुनः पक्राउ गरिएको डीएसपी शर्माले बताएका छन् ।

पौड्याललाई छुटाउन कांग्रेस नेतृ सुजाता कोइरालासमेत लागिपरेका थिए । अदालतले कांग्रेस नेताकै दबावमा परेर सरकारी वकिलमार्फत् मिलेमतो गरी अपहरणका अभियुक्तलाई छाड्ने प्रपञ्च गरेको स्थानीयले दाबी गरेका छन् ।

इटहरीमा कांग्रेसलाई दुर्दिन

यसअघि पक्राउ परेका कांग्रेस नेता सूर्य राई बांगे पनि फौजदारी अभियोगमा जेलमै छन् । अहिले सिजन पक्राउ परेका छन् ।

सिजन पक्राउ परेपछि सुजाताले पुगेर सरकार कसले चलाएको छ भन्दै आक्रोस पोखेकी थिइन् । उनले उपचारका लागि अमेरिका पुगेका प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेर सिजनलाई छुटाउन भनेकी थिइन् ।

तर, दैलेखमा रहँदा डेकेन्द्र थापाका हत्याका आरोपीलाई पक्राउ गरेर चर्चामा आएका डीएपी विनोद शर्मा इटहरी पुगेपछि कांग्रेसको दुर्दिन सुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment