Comments Add Comment

प्रचण्डले ‘दाइ’ भन्दै अनुनय गरेको रुकमाङ्गदको दाबी (भिडियोसहित)

Rookmangud Katawal

२९ साउन, काठमाडौँ । पूर्वप्रधानसेनापति रुक्माङगद कटवाललाई एमाओवादी अध्यक्ष प्रचण्डले ‘दाइ’ भन्लान् भन्ने धेरैले पत्याउँदैनन् । तर, आफ्नो विहीबार अनामनगरको ‘नेपालय’मा आयोजित आत्मकथा विमोचन कार्यक्रममा कटवालले आफूलाई प्रचण्डले दाइ नै भनेको दोहोर्‍याए ।

नेपालयले प्रकाशन गरेकाे ४४७ पृष्ठकाे कटवालकाे अात्मकथाकाे लेखन पत्रकार किरण भण्डारीले गरेका हुन् । पुस्तककाे सम्पादन अर्का पत्रकार सुदीप श्रेष्ठले गरेका हुन् । पुस्तककाे मूल्य ५४५ रूपैयाँ रहेकाे छ ।

अनामनगरस्थित नेपालयको कार्यालयमा लब्ध प्रतिष्ठित व्यक्तिका सामु आयोजित आत्मकथा विमोचन समारोहमा कटवालले आफ्ना कुरा यसरी सुनाए-

मैले जे देखेको छ, जे भोगेको छ र जे संगत गरेको छु, त्यसलाई कितावमा उतार्ने कोसिस गरेको छु । यहाँहरु सबैले संसारका ठूला ठूला मान्छेहरुको अटोबायोग्राफी पढ्नुभएको छ, मैले पनि दुई चारवटा पढेको छु । हरेक अटोबायोग्राफीमा एउटा न एउटा मान्छेले त्यसको विरोध गरिराखेको हुन्छ । मण्डेलाको कुरा गर्नोस्, जर्ज बुसको कुरा गर्नोस्, गान्धीको कुरा गर्नोस्, माओत्सेतुङको कुरा गर्नोस् । त्यसैले मैले जेलाई राम्रो भनेको छु, त्यो अर्काको आँखामा नराम्रो लाग्न सक्छ । काँडाको आँखामा काँडै संसार, फूलको आँखामा फूलै संसार भन्द्याछु मैले ।

म हुनमान भैदिएको भए राम र सीताको तस्वीर यहाँनेर छ भने भ्याट्ट छाती खोलेर देखाइदिन्थें । म हनुमान होइन, मसँग त्यो तागत पनि छैन । यहाँभन्दा बढी म के भनौं । त्यसकारण जे जति छ, त्यो यही किताबमा छ । तर, मलाई के विश्वास लाग्छ भने यो किताब मलाई मन नपराउनेले पनि, मन पराउनेले पनि  हेर्छन् जस्तो लाग्छ ।

म त्यसबेला मेरो संस्था (सेना)को हेड भएको नाताले यो देशको भविश्यलाई विचार गरेर, नेपाली जनताको हक अधिकार र नेपालको स्वतन्त्रतालाई मध्यनजर राखेर योचाहिँ कुरा ठीक हो भन्ने भएपछि सबैको सल्लाह भएपछि त्यसैलाई आधार मानेर जे निर्णय लिनुपर्ने थियो, त्यही नै निर्णय लिएको हो । त्यसलाई कसरी एनालाइसिस गर्नुहुन्छ, तपाईहरुमा भर पर्ने कुरा हो । एनालाइसिस गर्दाखेरि पक्ष र विपक्ष भन्ने कुराहरु भइ नै हाल्छ । लाइफको सायद सबैभन्दा ब्युटी नै त्यही नै हुन्छ ।

मेरो खास रंग नै छैन रे

हिजो पनि मलाई दुईजना पत्रकार र पोलिटिसियनले मेरो ग्रे एरिया नै छैन रे । कि रातो छ रे, कि सेतो छ रे । या कालो छ रे या सेतो छ रे । यो उनीहरुको एनालाइसिस हो । मेरो विषयमा मैले भन्ने होइन । म कस्तो छु भनेर एनालाइसिस गर्ने अर्काले हो । मेले त आफूलाई त राम्रै देख्छु नि ।

अटोबायोग्राफीबारे कतिको अनेष्ट्ली लेखिएको छ भन्ने प्रश्न उठेको छ । म हप्तादिनदेखि यही बोलिरहेको छु, अनेष्ट्ली छ कि छैन भनेर जोख्ने तुलो के हो ? कसरी त्यसलाई छानविन गर्ने ? त्यसको फैसला गर्न गाह्रो छ । त्यसैले मेरो जुन ग्रे एरिया छैन भने, त्यो सत्य हुन सक्छ ।

२६ जनाको ऊ हुन लागेका बेला

आज विहानमात्रै मलाई दुईजना मान्छेले फोन गरेर के भने भने, जर्साब, पूर्वियाहरु यस्तै मूर्खता गर्न लाग्नु भो भने । मैले कूर्खता गरें भनेर सोधें, तपाईले यस्तो बेलामा किताब लेखेर कतिलाई गाली गर्नुभएको होला, अब यो २६ जनाको ऊ हुन लागेको छ रे, एम्बेसडरहरुको ऊ हुन लागेको छ रे, चुनाव लडेर हारेकालाई नदिने कोर्टले भनेको छ रे, यस्तो बेलामा तपाई आफ्ना आफैं काट्नु हुन्छ भनेर भन्नु भो ।

मैले त्यसको वास्ता गरेर किताव लेख्न लागेको हैन, त्यो मलाई राम्रोसँग थाहा छ भनेर मैले जवाफ दिएँ । विवेक जर्साबले मैले देखेको दरबार किताव लेख्नुभएको छ, त्यो उहाँले सुनेको, अनुभव गरेको कुरा लेख्नुभएको हो । दरबारकै कुरा बुझ्नका लागि त पाँचवटै श्रीहरुले भनेको सुनेपछि मात्रै थाहा हुन्छ, उहाँले त एउटा श्रीले भोगेको लेख्नुभाको हो । त्यसमा मेरै विषयमा उहाँले लेख्नुभएको छ ।

प्रचण्डसँगको सम्बन्ध

यसको पनि व्याख्या त्यही कितावमा आउँछ । बिहान ऊ गरेपछि बेलुका उहाँले मलाई बोलाएर न्युयोर्कमा महिनादिनपछि राजदूत खाली हुँदैछ, तपाई त्यहाँ जान चाहनुहुन्छ कि या कहाँ जान चाहनुहुन्छ ? अथवा बाहिर जान चाहनुहुन्छ, परिवारसँगै बस्न चाहनुहुन्छ भने पनि तपाई राष्ट्रिय सुरक्षा सल्लाहकार भइदिनुपर्‍यो । तपाईले आर्मी चाँहि छाडिदिनुपर्‍यो । त्यतिचाँहि दाइ सहयोग गरिदिनुपर्‍यो भन्नुभयो । अब कति नै बाँकी छ र एक महिना यसै विदा बसिहाल्नुपर्छ, त्यत्रो सेवा गर्नु भो देशका लागि भनेर एकदमै नरम भाषामा भलाद्मी पाराले दाइ भनेर भन्नुभयो ।

Rookmangud Katawal with amit

मैले भने म नेपाली कुरा जान्दछु, तपाई प्रधानमन्त्री ज्यु पनि नेपाली कुरा बुझ्नुहुन्छ, तपाई ब्राह्मणको छोरा, म क्षेत्रीको छोरा । मैले भनिसकें आर्मी छाड्ने त के फ्र्याक्सन अफ अ सेकेन्ड म्यान पनि छाड्दिँन ।

मलाई तपाई अहिले इन्द्रकै आशन दिनोस्, यो म छाड्नेवाला छैन । त्यहाँपछि तपाईले यस्तो अफर गर्नुभयो भने आइ क्यान कन्सिडर द्याट । भनेपछि उहाँलाई सारै दिक्क लाग्यो होला । रिस उठ्यो होला । लाग्ने नै भो म उहाँको अवस्थामा रहेको भए पनि त्यस्तै लाग्थ्यो होला । त्यसपछि उहाँ कोटको खल्तीमा हात हालेर ढोकासम्म पुग्नुभयो । उतातिर हेरेर शायद खुई गर्नु भो ।

फेरि फर्केर आएर दाइ नमान्ने भन्नुभयो ? मैले त कुरा भनिसकें त । नेपालीमा भनिराखेको छु । अब मैले कति भनौं ? भनेपछि ल भैहाल्यो त भनेर अनिखेर म उठेर हिँडें । अनि त्यसपछि बेलुका स्पष्टीकरण सोध्ने कुराहरु भए ।

सबैलाई के लागेको थियो भने सबैभन्दा ठूलो प्रोब्लम भनेको माओवादी हो । त्यसैले यसलाई डेमोक्रेटिक फ्रेमवर्कभित्र ल्याउनुपर्छ । हतियारलाई चाँहि निशस्त्रीकरण गर्नुपर्छ र पार्टीलाई चाँहि राष्ट्रिय मूल धारमा ल्याउनुपर्छ । सेकेन्ड प्रोब्लम तराईको थियो । त्यसैले मेरो तराईका नेताज्यूहरुसँग कुरा हुन्थ्यो । त्यसमा माओवादी नेताहरुसँग भेट गर्ने गरेको हो । त्यसमा कहिले पारिवारिक कुराहरु हुन्थे । कहिले अलिकति मीठा नमीठा कुराहरु पनि हुन्थे ।

राजालाई खोपीमा राखौं, भाइबैनीलाई मलेसिया पठाऔं

मैले उहाँहरुलाई तीनवटा चिज प्रष्टसँग बारम्बार भन्दा उहाँहरुले मौखिकरुपमा हो दाइ तर, तरन्तै अलिकति हुन सक्दैन भन्ने । एकदम नरम भाषा । उहाँहरुसँग कुरा गर्न एकदम सजिलो ।

मैले तीनवटा चिज के भनेको थिएँ भने एउटा राजसंस्थाको विषयमा, अर्को आर्मीको विषयमा र अर्को क्याम्पमा बसेका भाइबैनीका विषयमा ।

राजसंस्थाको बारेमा मैले के भनेको थिए भने, हाम्रोजस्तो देशमा राजसंस्थालाई जुद्धसमशेरको पालामा जस्तो खोपामा राख्दिऊँ । भाइ बैनीलाई भोकेसनल टे्रनिङ दिऔं । त्यसका लागि मैले भवन पनि उदघाटन गरिसकेको थिएँ । त्यहाँ लगेर टे्रनिङ यिनीहरुलाई भाषा र विभिन्न सीपहरु सिकाएर कसैलाई मलेसिया कसैलाई कहाँ पठाउँछौं अनि घरमा जाने मान्छेलाई चाँहि एकहल गोरु र एउटा गाईको व्यवस्था । घर लडेको होला, घर छाइदिने । र, पढ्न चाहने मान्छेलाई बीएसम्म पढाइदिन्छौं ।

त्यति गरिदिने हाम्रो जिम्मा हुन्छ, आर्मी पुलिसमा आउन चाहनेहरुले नियममा छिरेर आउन सक्छन् । हतियारचाँहि तपाईहरुले बुझाइदिनोस् । नेपाल आर्मीलाई नछुनोस् । नेपाल आर्मी कानूनबाट छिरिक्क तलमाथि गर्दैन । आर्मी एक्ट तपाईहरुलाई चित्त बुझ्दैन भने पार्लियामेन्टबाट यो कानून फेर्दिनोस् हामी एक छिरिक्क आवाज उठाउँदैनौं ।

यति तीनवटा चिज गरिदिनोस्, तपाईहरु पचासौं वर्ष यो राज्य चलाउनुहुन्छ । भनेको तर हुन्छ, हुन्छ, अहिले तुरुन्तै चाँहि अलि गाह्रोपर्छ, खास गरेर राजसंस्थाको विषयमा । किनभने हाम्रा तलका पनि उहाँहरुलाई बुझाउनुपर्छ भनेर भन्नुभयो ।

गिरिजाबाबुले जहिले पनि आर्मीलाई विश्वास गर्नुभएन । आर्मीले धोका दिन्छ मात्रै भन्नुभयो ।

कार्यक्रमस्थलमा पत्रकार अमित ढकाल र लेखक कटवालवीच भएकाे वार्तालाप (भिडियाे)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment