Comments Add Comment

नाकभित्र दाँत पलाएपछि…..

teeth

गर्मी महिनामा कहिलेकाही नाकबाट रगत बग्नु सामान्य कुरा मानिन्छ । तर साउदी अरेबियाका एक २२ वर्षे युवाको नाकबाट भने महिनामा कम्तिमा पनि ३ पटकसम्म रगत बग्ने गथ्र्यो । ३ वर्षदेखि उनी यस्तो रोगबाट पीडित थिए । तथापि उनले यसलाई सामान्य रुपमै लिएका थिए । तर उनी त्यसबेला झसँग भए जब डाक्टरले उनको नाकभित्र दाँत पलाएको छ भने ।

उनको नाकभित्रको क्याभिटीमा झण्डै एक सेन्टिमिटर लामो दाँत पलाएको भेटिएपछि डाक्टरहरुले त्यसलाई झिकिदिए । साउदीको दहरान स्थित किंग फहाद सैनिक मेडिकल कम्प्लेक्समा उनको उपचार भयो । सोही दाँतका कारण नाकको भित्री तहमा घर्षण भएर घाउ हुँदा रगत बग्ने गरको कुरा समेत पत्ता लगाए डाक्टरहरुले । दाँत झिकिएपछि बनेको घाउ समेत अहिले पूरिएको छ र उनका नाकबाट रगत बग्न समेत छाडेको छ ।

लाइभ साइन्समा छापिएको खबर अनुसार ती युवकको मुखभित्र पूरै दाँत सही अवस्थामै छन् तर नाकभित्र पलाएको दाँत भने अतिरिक्त दाँत हो ।
मानिसका सरीरका विभिन्न भागमा अतिरिक्त दन्त संरचना पलाउन सक्ने सम्भावना भएपनि नाकभित्रै यसरी दाँत पलाउनु भने असामान्य घटना नै भएको डाक्टरहरुको भनाइ छ । अझ अनौठो त यति लामो समयसम्म नाकभित्रको ठूलो दाँत समेत देख्न नसक्नु । नाकभित्र दाँत पलाउने युवाको नाम भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment