Comments Add Comment

अस्पताल पुर्‍याउँदै गर्दा मलेसियामा नेपालीको ज्यान गयो

रामचन्द्र नेपाल
मलेसियामा रोजगारीको लागि आएका एक नेपाली श्रमिकको शुक्रवार विहान ज्यान गएको छ । रसुवा जिल्ला श्रमथली गाविस वडा न ६ चिलाउने गाउँका बीरवहादुर रुम्वाको शुक्रवार विहान करीव साढे ३ वजेतिर ज्यान गएको हो ।
जोहोरको कुलाईजयामा रहेको युनाईटेड कम्पनीमा कार्यरत रुम्वाले विहीवार राती करीव १२-१ वजेसम्म घरपरिवारसँग कुराकानी गरी सुतेका थिए । राती करीव तीन वजेतिर हात खुट्टा चल्न छाडेपछि एक्कासि चिच्याएका थिए ।
सोहि कम्पनीमा कार्यरत उनका दाई लालकाजी रुम्वा उठेर भाईको हात खुटटा तन्काई दिई अस्पतालमा लैजादै गर्दा वाटैमा ज्यान गएको हो ।
हाल शवलाई पोस्टमार्टमको लागि स्थानिय कुलाईजया अस्पतालमा राखिएको अनलाइनखबर प्रतिनिधि भिम तामाङले जानकारी दिए । रुम्वा वैदेशिक रोजगारीका पाँच वर्षदेखि मलेसियामा रहेको भएपनि केहि महिना अगाडि मात्रै विदामा घर गई फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment