Comments Add Comment

सौन्दर्यले भरिएको बाजुराको बडिमालिका (फोटोफिचर)

Badi Mailka_640 (2)
शब्द/तस्वीर : आशिष चौधरी

प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ बाजुराको बडिमालिका । प्रकृतिक सुन्दरताले त अब्बल छ नै, धार्मिक आस्था राख्नेहरुका लागि पनि आफैमा महत्वपूर्ण तीर्थस्थल हो बडीमालिका ।

बिसाल फाँटमा रोपिएको धानका गाँज कल्कलाउदो छ । फाँटको छेउमा फेटा गुथे जसरी बसेको छ सेतो बादलको घेरा । छिनछनमै हुने मौसम परिवर्तनले त्यहाँ पुग्ने जो कोहीलाई मनमोहक बनाउँछ । समुद्री सतहबाट ४ हजार २ सय १६ मिटर उचाइमा रहेको बाजुरको बडिमालिकामा जनै पूर्णिमाका दिन विशेष पूजा लाग्छ । जनै पूर्णिमाका दिने गरिने पूजाका लागि १५ दिन अघिदेखि नै तयारी गर्ने चलन छ ।Badi Mailka_640

बडीमालीकाको सौन्दर्य नियाल्न त्यति सजिलो भने छैन । धनगढीबाट हिँडेको पाचौं दिनमा मात्रै पुगिन्छ । पहिलो दिन धनगढीदेखि सिलगढीसम्म बसको यात्रा गर्नुपर्छ । दोस्रो दिन सिलगढीदेखि बाजुराको टिपरासम्म ५ घण्टाको जीप यात्रापछि जरङ्गामा बास बस्न पुगिन्छ । तेस्रो दिन करालीचौर हुँदै चौथो दिन बडिमालिकाको त्रिवेणी र पाँचौं दिन बडिमालिका मन्दिर पुगिन्छ ।

उचाइमा भएका कारण यहाँ पुग्न सजिलो छैन । बाटोमा खाना खाने र बास बस्ने ठाउँ नभएकाले बडिमालिका दर्शन गर्न चाहनेले आफूलाई आवश्यक पर्ने सबै सामानको जोहो आफै गर्नुपर्छ । जनै पूर्णिमा मेलामा अस्थायी पसलहरु हुन्छ ।

त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मन्दिरमा नुहाएर बडिमालिकाको दर्शन गर्ने परमपरा छ । मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास छ । स्कन्द पुराणमा उल्लेख गरिएअनुसार देवीले राक्षसहरुलाई मारेर विजय प्राप्त गरेपछि यहाँ पूजा गर्न थालिएको हो ।

 हेर्नुहाेस् तस्वीरहरू


Badi Mailka_960 (2)

Badi Mailka_960 (3)

Badi Mailka_960 (4)

Badi Mailka_960 (5)

Badi Mailka_960 (6)

Badi Mailka_960 (7)

Badi Mailka_960 (8)

Badi Mailka_960 (10)

Badi Mailka_960 (11)

Badi Mailka_960 (12)

Badi Mailka_960 (13)

Badi Mailka_960 (14)

Badi Mailka_960 (15)

Badi Mailka_960

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment