Comments Add Comment

अमित शाहको नयाँ टिम घोषणा, वरुण गान्धी परेनन्

amit-shah

३१ साउन, काठमाडौं । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले आफ्नो नयाँ टिमको घोषणा गरेका छन् । तर, युवा सांसद अरुण गान्धी परेनन् ।

शाहको नयाँ टिममा ११ उपाध्यक्ष, आठ महासचिव, चार संयुक्त महासचिव, १४ सचिव र १० प्रवक्ता छन् । आठ महासचिवमा राष्ट्रिय स्वयं सेवक संघबाट पार्टीमा आएका राम माधव पनि छन् ।

शाहको टिमको प्रमुख नाममा वाईएस येद्दयुरप्पा, सत्यपाल मलिक, मख्तर अब्बास नकवी, राजीव प्रताप रुडी र पुनम महाजन छन् । तर, सुल्तानपुरबाट भाजपाको सांसद बनेका वरुण परेनन् । पूर्वअध्यक्ष राजनाथ सिंहको टिममा उनी महासचिव थिए ।

नयाँ टिम चयनमा विभिन्न राज्यमा हुने विधानसभा चुनावलाई बढी ध्यान दिइएको छ । यो वर्ष भारतको हरियाणा र महाराष्ट्रमा र आगामी वर्ष झरखण्ड र जम्मु कश्मीरमा चुनाव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment