Comments Add Comment

सात गोलीले चरीको फोक्सो, कलेजो र मुटु छेडेको पोष्टमार्टम रिपोर्ट

३१ साउन, काठमाडौं । काठमाडौंको भीमढुगामा प्रहरीसँगको मुठभेडमा मारिएका दिनेश अधिकारी चरीको शव शनिवार १० दिनपछि पोष्टमार्टम भएको छ । तर, परिवारले उनको हत्या भएको भन्दै दोषीमाथि कारवाही नभएसम्म शव नबुझ्ने अडान दोहोर्‍याएका छन् ।

Don-chari-Death-6पोष्टमार्टम नगर्दा कतिपय प्रमाण नष्ट हुने भन्दै विशेषज्ञ डाक्टर र एमाले नेताहरुले गरेको आग्रहपछि पोष्टमार्टमका लागि तयार भएको चरीका दाजु धु्रव अधिकारीले अनलाइनखबरलाई बताए । ‘रिपोर्टले घटना थप शंकास्पद बनेको छ । यसको सत्य तथ्य छानवीन नगरेसम्म शव बुझ्दैनौं’ उनले अनलाइनखबरसँग टेलिफोनमा भने ।

पोष्टमार्टम रिपोर्टका प्रारम्भिक जानकारी अनुसार चरीको शरीरमा सात गोली लागेको पाइएको छ । ६ गोली पछाडिबाट अगाडि निस्किएको र एक गोली मेरुदण्डले छेकेर राखेको रिपोर्टमा देखाइएको अधिकारीले जानकारी दिए ।

गोलीले चरीको मुटु, फोक्सो कलेजो सबै छेडेको रिपोर्टमा उल्लेख छ । चरीको शव पोष्टमार्टमपछि त्रिवि शिक्षण अस्पतालमै राखिएको छ ।

उनको साउन २१ गते काठमाडौंको भीमढुंगामा भएको ‘इनकाउन्टर’मा मृत्यु भएको प्रहरीले जनाएको छ ।  तर, मुठभेड नभइ चरीको हत्या भएको भन्दै एमाले सभासदहरुले संसदमा गृहमन्त्रीको जवाफ मागेका थिए ।

गृहमन्त्री बामदेव गौतमले चरीको प्रहरीसँग मुठभेडमा मृत्यु भएको बताए भने एमाले सभासदले चित्त बुझाएका छैनन् ।

प्रहरीले किटानी जाहेरी नलिएको भन्दै शुक्रवार चरीका आफन्तले सर्बोच्च अदालतमा परमादेशका लागि निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment