Comments Add Comment

नेपाली सडकमा पौने १४ लाख मोटरसाइकल

१ भदौ, काठमाडौं । भर्खरै सम्पन्न आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा १२ हजार कम मोटरसाइकल दर्ता भएका छन् । यस अवधिमा यातायात व्यवस्था विभागमा एक लाख ६३ हजार ९ सय ४५ मोटरसाइकल दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा एक लाख ७५ हजार मोटरसाइकल दर्ता भएका थिए ।

आर्थिक वर्ष २०६८/०६९ को तुलनामा २०६९/०७० मा भने मोटरसाइकलको दर्ता ३० हजारले बढेको थियो । सुरुदेखि अहिलेसम्म विभागमा १३ लाख ७१ हजार २०६ थान मोटरसाइकल दर्ता भइसकेका छन् ।

registered VEHICLES in 1 year

गत आर्थिक वर्षमा मोटरसाइकलको दर्ता घटेपछि समग्र सवारी दर्तामै करिव १० हजारले कमी आएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा २ लाख ८ हजार ४ सय ८३ सवारी दर्ता भएकोमा गत आर्थिक वर्षमा घटेर एक लाख ९८ हजार ३ सय ४३ वटा सवारी दर्ता भएका छन् । विभागले बस, मिनिबस, ट्रक, क्रेन, डोजर, एक्साभेटर, ट्रक, कार, जीप, भ्यान, पिक अप, माइक्रो, टेम्पो, मोटरसाइकल, ट्रैक्टर, पावरटेलर र अन्य सेगमेन्टका गाडीहरु दर्ता गर्दै आएको छ ।

गत आर्थिक वर्षमा मोटरसाइकलको अलवा बस, क्रेन, डोजर, एक्साभेटर, ट्रक, टेम्पो र अन्य सेगमेन्टका गाडीहरुको दर्ता पनि अघिल्लो वर्षको तुलनामा घटेको देखिन्छ ।

विभागले दिएको जानकारी अनुसार गत आर्थि कर्षमा बस २ हजार ७७६, मिनीबस तथा मिनी ट्रक १ हजार ४१२, कार, जीप तथा भ्यान ११ हजार ३ सय ७२, पिकअप ५ हजार ६ सय ६८ थान दर्ता भएका छन् ।

त्यसैगरि, माइक्रो १७८, टेम्पो १७, ट्रैक्टर पावरटेलर १० हजार ७० र अन्य सेगमेन्टका ११६ थान गाडीहरु दर्ता भएको विभागले जनाएको छ ।

registered VEHICLES in 1 year_1

अञ्चलगत रुपमा हेर्दा सबैभन्दा बढी सवारी बागमतीमा दर्ता भएका छन भने सबैभन्दा कम सेतीमा दर्ता भएका छन् । गत वर्ष बागमती अञ्चलमा ६७ हजार ४४९ सवारी दर्ता भए भने सेती अञ्चलमा ५७५ सवारी दर्ता भए ।

त्यसैगरि, मेचीमा ५ हजार ९०७, कोशीमा २८ हजार ७५३, सगरमाथामा १ हजार २९४, जनकपुरमा १ हजार १९, नारायणीमा ४३ हजार ७१९, गण्डकीमा १२ हजार ८३, लुम्विनीमा २७ हजार ४०९, धौलागिरीमा ८०८, राप्तीमा २ हजार ३८९, भेरीमा ५ हजार २०४, महाकालीमा १ हजार ७३४ थान सवारी दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment