Comments Add Comment

भीरको बाटो हिँडेर बाह्रबिसे पुगे प्रचण्ड

prachanda at Fllod place Sindhupalchok१ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आइतबार बिहान सुनकोशीको किनारबाट अप्ठ्यारो एवं भीरैभीरको बाटो हिँडेर बाह्रबिसेसम्म पुगेका छन् । सुनकोशीमा उनले पहिरो पीडितहरुलाई व्यक्तिगत तर्फबाट एकलाख रुपैयाँ सहयोग दिएका छन् ।

सुनकोशीका पहिरो पीडितहरुको स्थिति अवलोकन गर्न सिन्धुपाल्चोक पुगेका प्रचण्ड पहिरोस्थलको निरीक्षण गरेपछि बाह्रवीसे जाने र फर्कने क्रममा करिब आधा घण्टा पैदल हिँडेका हुन् । राम्चेकाे पहिराे स्थलबाट बाह्रबिसेसम्म यातायात नचल्ने हुँदा त्यहाँ पैदल हिँड्नुपर्छ ।

प्रकोपस्थलमा रहेका पीडित, स्थानीयवासी, जिल्ला प्रशासनका अधिकारी र सुरक्षा अधिकारीहरुसँग प्रचण्डले छलफल गरेका छन् । बाह्रबिसे पुगेर खाना खापछि उनले सशस्त्र पहरीले खडा गरेको पुनस्थापना क्याम्पमा फर्किई पीडितहरुसँग अन्तरक्रिया गरे ।

पहिरो पीडितलाई एकलाख सहयोग

प्रचण्डले आफूले पाउने सभासदको तलब भत्ताबाट सुनकोशीका पहिरो पीडितहरुलाई एक लाख रुपैयाँ सहयोग दिएका छन् । पीडितहरुको निरीक्षण गर्न त्यहाँ पुगेका प्रचण्डले पीडितहरुलाई आफ्नो् व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

prachanda at Fllod Sindhupalchokदेशैभरि भइरहेको प्राकृतिक प्रकोपमा पीडित भएकाहरुका लागि प्रचण्डले पार्टीका तर्फबाट केन्द्रीय राहत कोषमा दुई लाख रुपैयाँ सहयोग दिने थप घोषणा पनि सुनकोशीबाटै गरेका छन् ।

स्रोतका अनुसार प्रचण्डले देशैभरिका पीडितका लागि सरकारले राहत संकलन र वितरणलाई प्रभावकारी बनाउनुपर्ने र विदेशबाट पनि सहयोग जुटाउने वातावरण निर्माण गरिनुपर्ने बताएका छन् ।

‘प्रकोपस्थलमा पीडितहरुसँग प्रचण्डले छलफल गर्नुभयो, उनका स्वकीय सचिव चूडामणि खड्काले अनलाइनखबरसँग भने- ‘राहत र पुनस्थापनामा राज्यका तर्फबाट निष्कृयता देखियो, काठमाडौं गएर तत्काल प्रधानमन्त्रीलाई भेट्ने र संसदमा समेत आवाज उठाउने अध्यक्ष प्रचण्डले बताउनुभएको छ ।’
 
व्यवसायीसँग छलफल

पहिरोका कारण तातोपानी नाकामा यातायात अवरुद्ध भए पनि मारमा परेका व्यवसायीहरुसँग पनि प्रचण्डले छलफल गरेको खडका्ले जानकारी दिए । दशैंको मुखमा तातोपानी नाका अवरुद्ध हुनु दुःख भएको भन्दै प्रचण्डले दुईचार दिनमै वैकल्पिक मार्ग खुलाउन आफूले प्रधानमन्त्रीलाई भेटेर कडाइपूर्वक कुरा राख्ने व्यवसायीलाई आश्वासन दिएका छन् ।

सरकारले आफ्ना समस्या समाधानमा गम्भीरता नअपनाएको व्यवसायीहरुले विपक्षी दलका नेतासमेत रहेका प्रचण्डसँग गुनासो सुनाएका थिए । प्रचण्डको भ्रमण टोलीमा सिन्धुपाल्चोकका सभासद अग्नि सापकोटाका साथै सभासद हरिबोल गजुरेललगायतको उपस्थिति थियो ।

prachanda at Fllod Sindhupalchok11

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment