Comments Add Comment

पतिको लाइभ सेक्स हेर्न बलात्कार गराएको आरोप

Rape

१ भदौ, काठमाडौं । भारतको बंगलुरुमा एक महिलाले आफ्नो सहकर्मीमाथि आरोप लगाएकी छन् कि उनले आफ्नो पतिलाई भनेर बलात्कार गराइन् ।

पुलिसका अनुसार ती महिलाले आफ्नो पतिले अर्को महिलासँग सेक्स गरेको हेर्ने इच्छाका कारण यस्तो गराएको हो । उनले आफ्नो छिमेकीलाई पोर्न फिल्म हेर्नुको साटो आफ्नो पतिसँग सेक्स गर्ने सक्ने बताएकी थिइन् ।

उजरी दिने महिलाका पति ट्याक्सी ड्राइभर हुन् । उनी जब शहरबाट बाहिर हुन्छन्, उनी छिमेकमा बस्ने महलाको घरमा जाने गर्थिन् ।

जुन महिलामाथि आरोप लागेको छ, उनको पति एक केबल नेटवर्कका लागि काम गर्छन् । आरोप लगाउने महिलाले एक पटक आफ्नो छिमेकीसँग पोर्न फिल्म हेर्ने इच्छा व्यक्त गरेका थिइन् ।

बंगलुरुका संयुक्त पुलिस कमिश्नरले एस रविले भनेका छन्-‘आरोप लागेको महिलाले आफ्नेा छिमेकीलाई भनिन् कि तिमी पोर्न फिल्म किन हेर्न चाहन्छौं । मेरो पतिसँग सुत्न सक्छौ ।’ उनको योजना थियो कि अर्को महिलासँग पतिले सेक्स गरेको हेर्न सकियोस् ।’

कथित बलात्कारको यो घटना जुलाई २७ को हो । घटनाको लामो समयसम्म चुप बसेका महिलाले हालै मात्र आफ्नो पतिलाई सबै कुरा भनिन् र प्रहरी केबल नेटवर्कमा काम गर्ने व्यक्तिमाथि बलात्कारको आरोप दर्ता गराए ।

उनकी पत्नीमाथि बलात्कारका लागि उक्साएको आरोप लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment