Comments Add Comment

संविधान नबनेसम्म सरकार परिवर्तन हुँदैन : एमाले उपाध्यक्ष

२ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधानसभाबाट संविधान निर्माण नहुन्जेलसम्म एमाले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।

कांग्रेस र एमालेवीच सरकार निर्माणको बेला भएको सातबुँदे सहमति संविधान निर्माणको लागि भएको भन्दै्र उनले सहमति कार्यान्वयन गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा रावलले भने-‘हामी सहमतिबाट पछि हट्दैनौं । सहमतिको भावनाका साथ अघि बढ्छौ ।’ यद्धपी राष्ट्रपति र उपराष्ट्रपतीको संसदबाट अनुमोदन गर्ने विषयलाई लिएर पार्टीेले अतिरञ्जित नगर्ने उनको भनाइ छ ।

पार्टीभित्र पोलिटब्यूरो गठनको विवाद पदाधिकारीबाट सचिवालयसम्म पुगेको भन्दै उनले छिट्टै विवाद समाधान हुने विश्वास ब्यक्त गरे ।

रावलले बाढी पहिरो पीडितको उद्दार र राहत वितरण कार्य प्रभावकारी रुपमा हुन नसकेको भन्दै सरकारले युद्ध स्तरमा काम अघि बढाउनु पर्ने बताए ।

साक्षात्कारमा सिचाइमन्त्री एनपी साउदले बाढी पीडितको उद्दार र राहतको लागि सबैै एक जुट भएर अघि बढ्नु पर्ने भन्दै सरकार बजेट उपलब्ध गराउन तयार रहेको बताए ।

कांग्रेस नेता समेत रहेका उनले भारतमा बनाइएको बाध र ढोका खोल्ने लगायतका विषयमा कुटनीतिक पहल गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment