Comments Add Comment

बहुप्रतिक्षित हुन्डाई ‘एक्सेन्ट’ नेपाली बजारमा

Hyundai Xcent (8)
२ भदौ, काठमाडौं । प्रख्यात कोरियन कार निर्माता कम्पनी हुन्डाईले लक्जरी सुविधाहरू भएकाे कार ‘एक्सेन्ट’ नेपाली बजारमा भित्राएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार राजधानीमा भव्य समारोहको आयोजना गरि ‘एक्सेन्ट’ सार्वजनिक गर्‍यो । कार पारखीहरुलाई हुन्डाई एक्सेन्टले भिन्न खालको लक्जरियस अनुभुती दिलाउने कम्पनीको दाबी छ ।

सेडान सेगमेन्टको हुन्डाई एक्सेन्ट नेपाली बजारमा तीन भेराइटीमा उपलब्ध रहेको छ । नेपालमा एक्सेन्टको ‘बेस’ सेगमेन्टलाई २४ लाख ९६ हजार, ‘एस’ सेगमेन्टलाई २७ लाख ९६ हजार र ‘एसएक्स (जिरो)’ लाई ३१ लाख ९६ हजार रुपैयाँ पर्ने बताइएको छ ।

एक्सेन्ट कार हरेक कोणमा अरुभन्दा अब्बल रहेको दाबी गर्दै लक्ष्मी इन्टरकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठले यसले नेपालीहरुको मन जित्ने विश्वास व्यक्त गरे । एक्सेन्ट चलाउँदा चालक तथा यात्रुलाई वास्तविक विलासी अनुभुती हुने उनको भनाई छ ।

यस्ता छन् सुविधाहरू

मध्यम वर्गीय कार भएपनि एक्सेन्टमा लक्जरियस सुविधाहरु राखिएका छन् । यात्रुको सेवा, सुविधा र सुरक्षालाई याे कारमा विशेष ध्यान पुर्‍याइएको छ । यसमा अटो फोल्डिङ साइड मिरर राखिएको छ । कार पार्किङ गर्दा मिररलार्इ रिमाेटबाटै फोल्ड गर्न सकिन्छ । बाहिर निस्किएर फोल्ड गर्नुपर्ने बाध्यताबाट यसले मुक्ति दिलाउने छ ।

Hyundai-xcent

गाडीमा अटो सेन्सर प्रविधि जडान गरिएको छ । जसकाे कारण कारकाे नजिक जाँदा खल्तिमा रहेको ‘स्मार्ट की’ ले अटो सेन्सर गरी गाडीलार्इ आफै एक्टिभ बनाउँछ । यो कारलाई एक्टिभ बनाउन ‘स्मार्ट की’ हातमा लिएर बटन दबाइराख्नु पर्दैन् ।

कार स्टार्ट गर्न पनि चाँबीकाे अावश्यकता नपर्ने कम्पनीले जनाएको छ । कारमा रहेको पुस बटम थिचेर कार स्टार्ट तथा बन्द गर्न सकिन्छ ।

कारमा मल्टी फङ्सन स्टेरिङ रहेको छ । जसले कार चलाउँदा चलाउँदै ब्लुटुथमा अडियोलाई कनेक्ट गराई म्यूजिकको एक्सपेरियन्स दिने छ । स्टेरिङबाट हात नउठार्इ अन्य विभिन्न सुविधाहरु उपभोग गर्न सकिने बताइएको छ । स्टेिरङमै ट्रिप मिटर जडान गरिएकाे छ । जसले गर्दा अाफु कति बाटाे गुडियाे भनेर थाहा पाउन सकिन्छ ।

एक जीबी अान्तरिक मेमाेरी

कारमा रहेकाे अडियाे सिष्टममा वान जीबी इन्टरनल मेमोरी रहेको छ । यो मेमोरीमा आफुलाई मन पर्ने गीतहरु राख्न सकिन्छ । एक्सेन्ट चढ्ने ग्राहकहरुले गीत सुन्नका लागि पेन ड्राइभमा गीत बोकेर हिँडिरहनु पर्दैन ।

त्यस्तै, कारमा अटो एसी जडान गरिएको छ । ग्राहकहरूले तापक्रमअनुसार सेटिङ मिलाएर एसी चलाउन सकिन्छ । जसले गर्दा घरी-घरी एसीको तापक्रम थपघट गरिरहनुपर्ने झन्झट हुँदैन । कम्पनीका अनुसार यसमा प्रयोग गरिएको एसीको अर्को विशेषता भनेको यसले गाडीको क्याविनमा धुलो र गन्ध आउन पनि दिँदैन ।

भिडियाे हेर्नुहाेस्

कारमा पछाडी बस्ने यात्रुहरुको सुविधालाई समेत ध्यानमा राखेर रियर एसी जडान गरिएको छ । जसले गर्दा एक्सेन्टमा यात्रा गर्ने सबै यात्रुहरुले एसीको अनुभव लिन सक्छन् ।

कारमै फ्रिजर

कारमा फ्रिजले जस्तै चिसो बनाउने कोल्ड ग्लोव बक्स राखिएको छ । यसले लामो यात्रा गर्दा पेय पदार्थलार्य चिसो र फ्रेस राखिदिन्छ । त्यस्तै, सीटकाे बिचमा पेय पदार्थ राख्ने ठाउँ समेत उपलब्ध छ । जसले गर्दा चिसो पेय पदार्थको स्वाद लिँदै गाडी आनन्दसँग हुँइकाउन पाइन्छ ।

यात्रुको सुविधालाई उच्च ध्यान दिइएको एक्सेन्टमा फग लाइट जडान गरिएको छ । कुहिरो लागेको बेलामा समेत कारलार्इ सहज रुपमा चलाउन सकिनेछ । यसमा पाँच स्पीड म्यानुअल र ४ स्पीड अटोमेटिक गियर रहेको छ ।

एक्सेन्टमा ड्राइभर तथा प्यासेन्जरलाई सुरक्षा दिने गरी एयर ब्याग राखिएको छ । जसबाट ड्राइभर तथा यात्रुहरु थप सुरक्षित हुनेछन् । यसमा एन्टी लक ब्रेकिङ सिष्टम, टिल्ट स्टेयरिङ, पावर विन्डोज लगायतका सुधिवाहरु रहेका छन् ।

यसमा रहेको आकर्षक सुविधा भनेको गाडी ब्याक गर्दा ड्राइभरले पछाडी हेर्ने ऐनमा भिडियो गाइड गर्ने सिष्टम जडान गरिएको छ । जसले गर्दा पार्किङ गर्दा होस वा अप्ठ्यारो स्थानमा गाडी ब्याक गर्दा होस ऐनमा हेरेर मज्जाले ब्याक तथा पार्किङ गर्न सकिन्छ ।

Hyundai-xcent-2कारको इन्टेरियर डिजाइन प्रिमियम स्टाइलिस रहेको दाबी गरिएकाे छ । ठूलो स्पेश भएको हुँदा यात्रुहरु मज्जाले बस्न सक्नेछन् । यसमा डिक्की समेत ठूलो भएको हुँदा धेरै समान राख्न सकिन्छ ।

यसमा ११९७ सीसीको १.२ काप्पा डिउल भिटीभिटी इन्जिन रहेको छ । कारमा फ्रन्ट ब्रेक डिस्क र रियर ब्रेक ड्रम रहेको छ । यसमा ४३ लिटर फ्यूल अटाउँछ । कम्पनीका अनुसार यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । यसले १९.१ किलाेमिटर माइलेज दिने कम्पनीले दाबी गरेकाे छ ।

तार्गेट उमेर ३० देखि ४० वर्ष

यो गाडी विभिन्न ६ कलरमा उपलब्ध हुने बताइएको छ । नेपालमा ३० देखि ४० वर्ष उमेर समुहका व्यक्तिहरु आफुहरुको तार्गेट ग्रुप रहेको कम्पनीका अध्यक्ष श्रेष्ठले बताए । यो उमेर समूहका ग्राहकलाई गाडीमा रहेका सेवा-सुविधाहरुले पूर्ण सन्तुष्टि प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

बैंकर्स, उद्योगी, व्यवसायी, कर्पोरेट पर्सन, विदेशी कुटनीतिक नियोगका अधिकारी, उच्च पदस्थ कर्मचारीहरु आफुहरुको तार्गेटमा रहेको श्रेष्ठले कार्यक्रममा बताए ।

नेपालमा हुन्डाईले आफ्नो मार्केट हिस्सा बढाउँदै लगेको छ । कम्पनीका अनुसार सन् २००९ मा ४ प्रतिशत बजार हिस्सा ओगटेको हुन्डाईले २०१० मा ५ प्रतिशत, २०११ मा ८ प्रतिशत, २०१२ मा ९ प्रतिशत र २०१३ मा ११ प्रतिशत बजार हिस्सा ओगट्न सफल भएको छ ।

Hyundai Xcent (2)

Hyundai Xcent (4)

Hyundai Xcent (1)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment