Comments Add Comment

गर्भवती महिलाले कफी पिउँदा बच्चामा ब्लड क्यान्सर

coffeeतपाइँ गर्भवती हुनुहुन्छ ? नियमित कफी पिउने गर्नुभएको छ ? त्यसो भए होसियार हुनुहोस् र कफी पिउने आदत छाड्नुहोस् । किनकी तपाइँले कफी पिउँदा तपाइँको गर्भमा रहेको बच्चामा रक्त क्यान्सरको खतरा बढ्छ ।

वैज्ञानिक अनुसन्धानले गर्भवती महिलाले दिनमा कम्तिमा २ कप कफी पिउने गर्नाले गर्भको बच्चा जन्मिएपछि बाल्यकालमा रक्त क्यान्सरको चपेटामा पर्ने जोखिम उच्च रहने तथ्य पत्ता लगाएको हो ।
साथै शोधकर्ताहरुले विश्वका सरकारहरुले गर्भवती महिलालाई गर्भावस्थामा धूमपान र मध्यपान नगर्न सचेत गराइएजस्तै बढि कफी समेत नपिउन सचेत गराउनुपर्ने सुझाव दिएका छन् ।

श्ाोधकर्ताहरुका अनुसार कफीमा हुने क्याफाइन नामक रसायनले भ्रुणको सरीरको कोषमा हुने डिएनए मा अनपेक्षित परिवर्तन गराउने र त्यसो गर्दा ट्युमर विकशित हुने जोखिम उच्च हुन्छ ।

अहिलेसम्म यस विषयमा गरिएका विभिन्न २० वटा अध्ययनका नतिजा समेत विश्लेषण गर्दै शोधकर्ताहरुले भनेका छन्, गर्भावस्थामा महिलाले कफी पिउँदा बच्चामा ल्युकेमिया अर्थात् रक्त क्यान्सरको जोखिम २० प्रतिशतले बढ्छ । अझ दिनमा २ कप भन्दा बढि कफी पिउँदा बच्चामा क्यान्सरको जोखिम ६० प्रतिशत हुने शोधकर्ताहरुले बताएका छन् । त्यस्तै दिनमा ४ कप कफी पिउने गर्भवती महिलाका बच्चामा रक्त क्यान्सरको जोखिम ७२ प्रतिशतले बढ्ने अमेरिकन जर्नल अफ अब्स्टेटि्रक्स एण्ड गाइनेकोलोजीमा प्रकाशित अध्ययनले देखाएको छ ।

तर बेलायती क्यान्सर विशेषज्ञ डेनिस हेन्शले भने गर्भवती महिलालाई कफीको सेवन पूरै त्याग्न सल्लाह दिनुको साटो दिनको दुइ कप भन्दा कम वा कहिलेकाहीँ कफी पिउन सल्लाह दिनुपर्ने तर्क गर्छन् । दुइ कप कफि पिउँदा रक्त क्यान्सरको जोखिम ६० प्रतिशतले बढ्ने तथ्य निकै उल्लेखनीय रहेको उनी बताउँछन् ।
पछिल्लो समयमा बालबालिकामा रक्त क्यान्सरको दर बढ्दै जानुमा गर्भवती महिलाले कफी पिउनु मात्र मुख्य कारक तत्व हो वा अन्य वातावरणीय तत्व पनि जिम्मेवार छन् ? भन्ने विषयमा थप अनुसन्धानको आवश्यकता रहेको तर्क उनको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment