Comments Add Comment

पूर्वराजाले भने- सयौंको मृत्यु र हजारौंको उठीवासबाट दुःखी छु

२ भदौ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

gyanendra shahशाहले सोमबार जारी गरेको सन्देशमा सयौं व्यक्तिको मृत्यु, सयौ घाइते र वेपत्ता तथा हजारौको घरवार उठीवास भएको घटनाबाट आफू दुखित भएको उल्लेख गरेका छन् ।

यस्तो प्राकृतिक विपत वर्षे आउने प्रकोपकै रुपमा रहेको भन्दै उनले रोकथामका लागि पूर्व सतर्कता र प्रकोप न्यूनिकरणको पूर्व व्यवस्थापनमा जोड दिन आग्रह गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्-‘राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैर सरकारी सवै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगका काम भैदिए त्यो बढी प्रभावकारी हून्छ ।’ दुःख, कष्ट, आपत, विपत र क्षतिको यो घडीमा आफूहरुको पनि सहयोगी भूमिका रहने विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment