Comments Add Comment

जनसम्पर्क समिति मलेसियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः पंगेनी

Janasamparka-samiti-malysia

रामचन्द्र नेपाल

नेपाली काग्रेसको प्रवासी भातृ संगठन जनसम्पर्क समिति मलेसियाको दोश्रो अधिवेशनले चोलाकान्त पंगेनीलाई पुनः अध्यक्ष चयन गरेको छ । समितिको उपाध्यक्षमा कमल गौतम, सचिव वखत मावुहाङ, सहसचिव राजेन्द्रप्रसाद शाह र कोषाध्यक्षमा हरि कोईराला रहनु भएको छ ।

यसैगरी सदस्यहरुमा सुभद्रालिङदेन,निरज गौली, कुलवहादुर अधिकारी,राजु पाउजु,सुमनराज पन्त,दिर्घराज उपाध्याय,अमर परियार,टेक वहादुर घर्ती,पृथ्वी वन्जारा,रामवहादुर रेग्मि,सुमन कुमार याख्या रहनु भएको छ ।

अधिवेशनको उदघाटन गर्दे नेपाली कांग्रेसका बिदेश बिभाग सदस्य एवं सभासद् अर्जुनप्रसाद जोसीले संविधानसभाभित्र रहेका मात्रै नभएर संविधान सभा वाहिर रहेकाहरुलाई समेत समेटेर सविधान वनाउनु पर्ने बताउनुभयो । सवल र सक्षम युवाशक्तिहरु विदेशिनु परिरहेको उल्लेख गर्दै नेपालमै रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

Janasamparka-samiti-malysia-2

कार्यक्रममा सभाषद अमृतलाल राजवंशि,मलेसियाका लागि नेपाली राजदुत डा.निरन्जन मान सिं वस्न्यात, गैरआवासिय नेपाली संघ मलेसियाका महासचिव सुनिल चालिसे, प्रगतिशिल प्रवासि श्रमिक मन्चका महासचिव प्रेम पाण्डे, आदिवासि जनजाति महासंघ मलेसियाका अध्यक्ष सुन्दर आले लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनीको सभापतित्वमा भएको अधिवेशनमा भवानीशंकर तिवारीले स्वागत र कार्यक्रमको संचालन सुमन याख्याले गर्नुभएको थियो ।

Janasamparka-samiti-malysia-1

यसैविच मलेसियामा व्यापार ब्यवसाय गरिरहनु भएका महेन्द्रजंग शाहि लगायतका १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शाहिलाई कार्यक्रममा प्रमुख अतिथि जोशिले टिका तथा दोसल्ला लगाएर प्रवेश गराउनु भएको थियो । शाही यस अघि नेकपा माओवादी समर्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment