Comments Add Comment

कोष्टाको डेब्यू गोलसँगै चेल्सीको विजयी सुरुवात

Diego-Costa

३  भदौ, काठमाडौं । डिएगो कोष्टाको डेब्यू गोलसँगै चेल्सीले इङग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

उपाधिको दाबेदार मानिएको चेल्सीले सोमबार राति भएको खेलमा नवप्रवेशी बर्नलीलाई ३-१ ले पराजित गरेको हो ।

टर्फ मोरमा भएको खेलमा अग्रता भने बर्नलीले लिएको थियो । १४ औं मिनेटमा स्कट आफिल्डको गोलबाट लिएको अग्रता धेरै बेर टिक्न सकेन ।

१७ औं मिनेटमा कोष्टाले बराबरी गोल फर्काए । २१ औं मिनेटमा सेस फेब्रिगासको पासमा आन्द्रे शुर्लेले गोल गर्दा चेल्सीले २-१ को अग्रता लियो ।

३४ औं मिनेटमा इभानोभिचले गोल गरेपछि पहिलो हाफमा चेल्सी ३-१ को अग्रता लिन सफल भयो ।  तर, दोस्रो हाफमा भने चेल्ल्सी गोल थप्न असफल भयो । सब्टिच्यूट डिडए ड्रोग्बाको भली गोलमा परिणत हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment