Comments Add Comment

काँकडभिट्टामा पनि राखियो इबोला डेक्स

३ भदौ, झापा । पूर्वी नेपालको मुख्य नाका काँकडभिट्टामा इबोला भाइरसको सङ्क्रमण रोक्न सरकारले क्वारेन्टाइन हेल्प डेक्स सञ्चालनमा ल्याएको छ ।
झापाको काँकडभिट्टा भारतको पश्चिम बङ्गालसँग सीमा जोडिएको र सिक्किम, आसाम, मेघालय, नागाल्यान्डलगायतका प्रान्तसँग नजिक रहेको नेपालको पूर्वी नाका हो ।
अध्यागमन कार्यालय परिसरमा स्थापना गरिएको इबोला हेल्प डेक्समा अहेव हरिश्चन्द्र देवकोटाको नेतृत्वमा स्वास्थ्यकर्मीको एक टोली आइतबारदेखि खटिएको छ ।
टोलीले दक्षिण अफ्रिकी मुलुकबाट नेपाल आउने पर्यटकका बारेमा सोधखोज गर्ने र आवश्यक स्वास्थ्य परामर्श र सम्भाव्य सङ्क्रमित व्यक्तिको निगरानी गर्ने अहेव देवकोटाले बताए ।
डेक्सको उद्घाटन अवसरमा झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल, प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य, अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद फुयल लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment