Comments Add Comment

कोरियामा रहेका नेपाली विद्यार्थीको नेत्तृत्वमा बिमल सुवेदी

koriya

मीनप्रकाश उप्रेती 

सउल ।  कोरियामा रहेका नेपाली विद्यार्थीहरूको साझा सङ्गठन सोसाइटी अफ नेप्लीज स्टुडेन्ट इन कोरियाको  सभापतिमा बिमल सुबेदी निर्वाचित भएका छन् ।

कोरियाको खान्गवोन्दो क्षेत्रको  साम्चक सहरमा गत अगष्ट १६ र १७ मा भएको ११औ साधारणसभाबाट सुबेदि निर्वाचित भएका हुन ।सुबेदी आफ्ना प्रत्यासी रमाकान्त लामिछानेलाई निर्वाचन प्रक्रिया द्धारा पराजित गरी सो पद हातपार्न सफलभएका हुन ।

यसै गरी अन्य पदाधिकारिहरुमा क्रमश उप- सभापतिमा – बिमल सिङ बिस्ट, काशी राज भट्टराई, अनुप श्रेष्ठ, धर्म राज गौतम छानिएका छन् ।

सचिवमा विजय बस्नेत र सहसचिवमा सौरव घिमिरे तथा  कोषाध्यक्षमा तुलसी पौडेल रहेका छन् । सदस्यहरूमा प्रविन भट्टराई, विवेक चौधरी, श्रवण रोय, शिव पाठक, गोपाल बहादुर बोहरा रहेका छन्  ।

कार्यक्रममा  नव निर्वाचित पदाधिकारीहरुलाई निर्वाचन प्रमुख तथा सोनसिकका संस्थापक सदस्य डा. भुषण श्रेष्ठले सपथग्रहण गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment