Comments Add Comment

भदौ १८ देखि राजधानीमा ‘नाडा अटो शो’

TATA

३ भदौ, काठमाडौं । हरेक वर्ष आयोजना हुँदै आएको सवारी साधनको कुम्भ मेला यस वर्ष भदौ १८ गतेदेखि आयोजना हुने भएको छ । नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)ले राजधानीको भृकुटीमण्डपमा ‘नाडा अटो शो’ आयोजना गर्न लागेको हो ।

नाडाले ग्लोबल एक्सपोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज प्रालिसँग सहकार्य गरी अटो शो गर्न लागेको हो । पाँच दिनसम्म चल्ने मेलाको प्रमुख उद्देश्य सवारी साधनमा पछिल्लो समय भएको विकासका बारेमा जानकारी गराउने रहेको छ ।

अटो शोमा १२ वटा ब्रान्डका चार पाँग्रे सवारी, ११ ब्रान्डका २ पाँग्रे सवारी साधन रहने नाडा अटो शो-२०७१ संयोजक शम्भु दाहालले जानकारी दिए । मेलामा सवारीका साथसाथै बैंक तथा वित्तिय संस्था, स्पेयर्स पार्टस, लुबि्रकेन्ट्स लगायतका स्टलहरु पनि रहनेछन् ।

अटो शोमा फियाट, दाइहात्सु, होन्डा, स्कोडा, फोर्ड, फियाट, किया, सुजुकी, किया, टाटा, टोयोटा, भक्सवागन कम्पनीका चार पाँग्रे सवारी र बजाज, केटीएम, हिरो, महिन्द्र, रोयल इन्पिmल्ड, टेरा मोटर्स, यामाहा, टिभिएस, युएम लगायतका कम्पनीहरुका दुई पाँग्रे सवारी प्रर्दशनीमा राखिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment