Comments Add Comment

बलात्कारपछि बालिकाको हत्या

३ भदौ, धनुषा । तारापट्टी सिरसियामा बालिकाको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै जिल्लाकै बेँगाडावरमा अर्की एक बालिकाको पनि बलात्कारपछि हत्या भएको छ ।

बलात्कार गरी हत्या गरिएको अवस्थामा बेँगाडावर-९ निवासी ११ वर्षीया एक बालिकाको शव फेला भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

कृष्णाष्टमी दिन लालगढ वडा नं ९ पानीटयाङ्की नजिक लागेको मेला हेरेर र्फकने क्रममा बाटैमा बालिकालाई बलात्कार गरी हत्या गरेर फालिएको थियो । बालिकाको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिए । यसअघि, शनिबार राति तारापट्टमिा १४ वर्षीया एक बालिकालाई शौचालय गएका बेला सामूहिक बलात्कार भएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment