Comments Add Comment

कटवालका कारण रौं पनि हल्लिएको होइन : प्रचण्ड

Prachanda

३ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पूर्वप्रधानसेनापति रुकमाङ्गद कटवालको आत्मकथालाई इतिहासकै ‘वाहियात’ भनेका छन् । कटवालका कारण माओवादीको रौं पनि नहल्लिएको प्रचण्डको प्रतिक्रिया छ ।

आफ्नै निवास लाजिम्पाटमा मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले पुस्तक यथार्थ धरातलमा नभएको र कटवालले नौटंकी गरेको बताए । ‘कटवाल एक मामुली अवसरवादी व्यक्ति हुन् भन्ने पुस्तकले प्रमाणित गर्छ, राजाको टीका थापेर गुणगान गाएर सेनाको उपल्लो ओहदामा पुगे’- प्रचण्डले भने ।

कटवाल प्याधा (शिकारी) का रुपमा प्रयोग हुने मान्छे भएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्डले यसबाट माओवादीको रौं पनि नहल्लिएको बताए । प्रचण्डले आफू प्रधानमन्त्री र कटवाल सेनाका प्रमुख हुँदा कुरा हुनु स्वाभाविक भएको बताए ।

कटवालले हालै सार्वजनिक गरेको आत्मकथामा तत्कालीन प्रधानमन्त्री प्रचण्डले आफूलाई दाइ भनेर अनुनय गरेको उल्लेख गरेका छन् ।

प्रचण्डसँगको सम्वन्धबारे चर्चा गर्दै पुस्तकमा चीन भ्रमणमा जानुअघि समेत आफूसँग सल्लाह मागेको उल्लेख गरेका छन् । प्रधानसेनापतिबाट हटाउने प्रयास गर्दासमेत राजदूतको प्रस्ताव गरेको तर, आफूले राजदूत त के इन्द्रको आसन दिए पनि चाहिन्न भनेको कटवालले आत्मकथामा उल्लेख गरेका छन् ।

तर, प्रचण्डले यो सबैलाई नौटंगीको संज्ञा दिए । ‘यस्तो नौंटंकी गर्नुको अर्थ र औचित्य छैन, प्रचण्डले भने- ‘कटवालका बारेमा मैले धेरै भनिररहनुपर्ने आवश्यकता छैन ।’ प्रचण्डले आफू प्रधानमन्त्री हुँदा नागरिक सर्वोच्चताको पक्षमा कदम चाल्दा कटवालले असहयोग गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment