Comments Add Comment

सुष्मा भन्छिन् -‘मेरो घरमा विकिनीको भण्डार छ’

susma karki bikini

नायिका सुष्मा कार्कीको नाम जब आउँछ, उनको हट अवतार पनि जोडिन्छ । चलचित्रमा आइटम गीतमा उत्तेजक नृत्य गर्न माहिर सुष्मा अहिले विकिनी फोटोसुटका कारण एकाएक चर्चामा छन् । हालै मात्र अनलाइनखबरका लागि उनले विकिनी पहिरनमा फोटोसुट गरेकी छिन् । आखिर, विकिनीमा सुष्मा कार्कीको मोह के हो त ?
विकिनीमा तपाइको आकर्षण किन हो ?
मलाई विकिनी एकदमै मनपर्छ । अब स्विमिङ पुल जाँदा जसले पनि विकिनी लगाउँछ, मैले लगाउनै नहुने भन्ने त होइन नि ।
तपाइले विकिनी लगाउने कारण के हो त ?
मलाई मेरो फिगर असाध्यै मनपर्छ । फिगर विकिनी लगाउने खालको भएर नै मैले लगाएकी हुँ ।
तपाइको जन्मदिनमा पनि उपहार त धेरै विकिनी आउँछ रे हो ?
हो मलाई अधिकांश साथीहरुले विकिनी उपहार दिनुहुन्छ । मेरो घरमा त कलेक्शन नै भैसक्यो विकिनीको ।
कलेक्शन त भन्नुभयो, कती जम्मा गर्नुभएको छ अहिलेसम्म ?
मसँग ४० पिस भन्दा बढि विकिनी भैसक्यो होला । मसँग भिक्टोरिया ब्रान्डको विकिनी धेरै छ ।
कस्तो बेलामा तपाई विकिनी प्रयोग गर्नुहुन्छ ?
म विशेषगरी स्विमिङमा जाँदा यसको प्रयोग गर्छु । विदेशमा कार्यक्रमको सिलसिलामा जाँदा पनि विकिनी लगाएर समुन्द्रमा मस्ती गर्न रमाइलो लाग्छ ।

 फिगर त राम्रो छ भन्नुभयो, कुन अंग आकर्षक लाग्छ त ?
मलाई मेरो छाती आकर्षक लाग्छ । छाती माथि खोपेको सूर्य अंकित ट्याटुले झनै आकर्षण थपेको धेरैले भन्नुहुन्छ ।
तपाई प्रेमी निरनसँग टाढा भएपछि अझ खुल्ला हुनुभयो पनि भनिन्छ नि ?
म अहिले खुल्ला पन्छी हुँ । आफूले चाहेको अनुसार उड्न सक्छु । त्यो एउटा विगत थियो, अब मलाई संझिनु नै छैन ।
टपलेसको बिषयमा के सोच्नु भएको छ ?
टपलेसका बारेमा मैले अहिले नै सोचेको छैन ।
पहिलो पटक विकिनी लगाएर हिडेको याद छ ?
मैले ८ बर्ष अगाडि विकिनी लगाएको थिए । यसपछि निरन्तर विकिनी लगाइरहेको छु । म विकिनीको सौखिन नै हुँ ।
प्रस्तुती : विजय आवाज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment