Comments Add Comment

पेटको बोसो घटाउने घरेलु उपाय

belly-fat-loss-for-women

नमोटाउन्जेल मोटाउने रहर हुन्छ र दुब्लाएको पिरलो । तर जब मान्छे मोटाउन थाल्छ तब फुक्दै गएको भुँडी विस्तारै घाँडो बन्दै जान्छ । वास्तवमा बोसो थुपि्रँदै जाँदा पेट बढ्न थाल्छ ।

बोसोयुक्त लम्बोदर भुँडी अस्वस्थ जिवनशैली तथा गलत खानपान व्यवहारबाट सिर्जित खराब उपहार हो । बोसो जमेको ठूलो भुँडीले केवल तपाइँको छविमा आँच पूराउने मात्र हैन विभिन्न खाले स्वास्थ्य समस्याकेा जोखिम समेत बढाउँछ ।

त्यसैले पेटमा जमेको बोसो तथा बढेको भुँडी घटाउन तर्फ लाग्नैपर्छ । यसका लागि खानै नखाने वा खाएपछि वान्ता गर्ने जस्ता हानिकारक विधि अनुपयुक्त हुन्छन् । भुँडी घटाउने सरल घरेलु उपाय निम्न छन्-

  • · आफ्नो दैनिकी कागतीको रसबाट सुरु गर्नुहोस्- मनतातो पानीमा कागती निचोरेर रस राख्नुहोस् र केही नुन समेत थप्नुहोस् । यसरी बनाइएको कागती पानीलाई हरेक विहान पिउने गर्नुहोस् । यसले पेटको बोसो घटाउने मात्र होइन पाचन क्रिया पनि नियमित गर्छ ।

  • बढि भात खाने बानी त्याग्नुहोस्- भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् ।

  • · चिनिजन्य परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो डि्रंक्स, तथा तेल बढि मात्रामा भएको परिकार नखानुस् ।

  • · प्रसस्त मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी पिने र लामो समय पानी नपिउने नगरि नियमित रुपमा केही समयको अन्तरालमा पानी पिउने गर्नुपर्छ । यसले उपापचयनलाई सन्तुलित गराउने तथा सरीरमा रहेका विषाक्त पदार्थ समेत उत्सर्जन गर्नमा सहयोग पूराउँछ ।

  • · काँचो लसुन खानुहोस् । हरेक विहान २-३ केश्रा काँचो लसुन चपाउनुहोस् र त्यसपछि कागती पानी खानुहोस् ।

  • · मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।

  • · साकाहारी जिवनशैली अपनाउनुहोस् । हरेक विहान तथा बेलुकी फलफूल खाने गर्नुहोस् । यसले भोक कम गर्ने मात्र नभै सरीरमा आवश्यक एन्टीअक्सिडेन्ट, भिटामिन तथा लवणको आपूर्ति गर्दछ ।

  • · तरकारीमा अदुवा, लसुन, मरिच तथा दालचिनी जस्ता मसला राखेर पकाउनुहोस् । यसले इन्सुलिन प्रतिरोधी क्षमतामा सुधार गर्नुका साथै रगतमा रहेको सुगर लेभल समेत सन्तुलन गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment