Comments Add Comment

‘नेपालले आफ्नो खेल ६० प्रतिशत खेले उपाधि जित्छ’

nepali u-16 Cricket

३ भदौ, काठमाडौं । एसीसी यू-१६ पि्रमियर क्रिकेटको उपाधिका लागि नेपालले बुधबार मलेसियाको समना गर्दैछ । खेल किनरारा ओभलमा नेपाली समय अनुसार विहान सवा ८ बजेपछि हुनेछ ।

लगातार चार खेल जितेको नेपाल उपाधिको प्रमुख दावेदार हो । नेपाल एलिट कपका नाममा भएको अघिल्लो संस्करणमा व्यहोरेको हारको बदला लिँदै यू-१६ मा पहिलेा उपाधि जित्न चाहन्छ । ‘नेपालले हरेक खेलमा सुधार गर्दै आएको छ’ सहायक प्रशिक्षक राजु बस्न्यातले अनलाइनखबरसँग भने-‘नेपालले आफ्नो खेल ६० प्रतिशतमा खेल्यो भने पनि उपाधि जित्छ ।’

तर, घरेलु टोलीले पनि तीन खेल जितेको छ भने एक खेल वषर्ाका कारण स्थगित भएकाले नेपालको भन्दा १ अंक कम छ ।

छाटो तयारकिा विच मलेसिया पुगेको नेपालको व्याटिङ र बलिङ दुबै चलेको छ । जितेन्द्र सिंह ठकुरी र अनिल खरेलको बलिङ चलेको छ भने बहराइनलाई १८६ रनले हराउने क्रममा प्रनित थापाले अविजित ७० रन हाने ।

मलेसियाको मुख्य हतियार भनेको अलराउण्डर कप्तान वीरनदिप सिंह हुन् । उनले प्रतियोगिताको सर्वाधिक रन बनाएका छन् भने विकेटमा उनी तेस्रो स्थानमा छन् । शैनविन्दर सिंह, इखवान फैज, सिल्वा र एजत मलेसियाली टोलीका महत्वपूर्ण सदस्य हुन् ।

अघिल्लो संस्करण सन् २०१२ मा भएको यु-१६ क्रिकेटमा मलेसियाले नेपाललाई पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको थियो । त्यस्तै नेपाल सन् २०१० मा भएको प्रतियोगितामा पनि नेपाल उपविजेता बन्दै घर फकिएको थियो । उक्त उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।

तर यो पटक नेपालले चार बटै खेलमा उत्कृष्ट प्रदर्शन गर्‍यो । नेपालले पहिलो खेल थाइल्यान्डलाई १० विकेट, दोस्रो खेल सिङ्गापुरलाई ४९ रन, तेस्रो खेल ओमनलाई १०२ रन र चौथो खेल बहराइनलाई १८६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment