Comments Add Comment

यी हुन् वर्षका उत्कृष्ट तस्वीरहरु (फोटो कथा)

Rat

बेलायतको नेसनल हिस्ट्री म्युजियमले आयोजना गरेको सन् २०१४ को वन्यजन्तु फोटोग्राफी प्रतियोगितामा यो पटक निकै रोचक तस्वीरहरु प्राप्त भए ।

ती मध्ये एउटा तस्वीर निकै चर्चित भयो । छट्टु बाँदरले पर्यटकको आइफोन चोरेपछि पानीमा डुबेर आइफोन चलाइरहेको तस्वीरले धेरैको ध्यान खिचेको छ ।

विश्वभरका वाइल्डलाइफ फोटोग्राफरहरुबाट प्राप्त उत्कृष्ट वाइल्डलाइफ तस्वीरहरुमध्ये सानो मुसाले सिंहको पञ्जामुनि आश्रय लिइरहेको तस्वीर पनि चर्चामा छ । साथै फुच्चे बाँदर लुगा झुण्डाउने डोरीमा पिङ खेलिरहेको तस्वीरले पनि सबैको मन तान्छ ।

Monkey

नेचुरल हिस्ट्री म्युजियमले हरेक वर्ष आयोजना गर्दै आएको वाइल्डलाइफ फोटोग्राफर अफ द इयर अन्तरगत यो वर्षको स्पर्धा ५० औँ स्पर्धा हो । यो स्पर्धामा पहिलो हुनेले ट्रफीसहित १० हजार बेलायती पाउण्ड पुरस्कार पाउनेछन् ।

यो स्पर्धाका लागि आवेदन दिएका ४१ हृजार प्रतिस्पर्धीबाट छानिएका ५० जना फाइनालिस्ट बनेका छन् । १७५ औं बिश्व फोटोग्राफी दिवसका अबसरमा तिनै अन्तिम प्रतिस्पर्धी मध्ये केही रोचक तस्वीरुहरु प्रस्तुत गरेका छौं ।

%27Stretching%27%20by%20Stephan%20Tuengler

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment