Comments Add Comment

बुधबारका दैनिक पत्रिकामा विजनेश खबर

बुधवार राजधानीबाट प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रपत्रिकाहरुले फरक फरक विषयवस्तुलाई आफ्नो समाचार बनाएका छन् ।
कारोवार दैनिकले ढुंगा, गिट्टी उत्खननमा रोक लगाइएपछि सिमेन्ट र छड उत्पादन ८० प्रतिशत घटेको खबरलाई प्रमुख खबर बनाएको छ । सरकारले बालुवा, गिट्टी जस्ता नदी जन्यवस्तुको उत्खनन्, स्थानीय तथा बाहृय विक्री अनिश्चितकालको लागि प्रतिवन्ध लगाएपछि विकास निर्माणका काम ठप्प भएको हो ।

यस्तै, कारोबारले लागतकट्टा नगरी मोटरसाइकल सिधैं मोटरसाइकलको पाटपूर्जाहरु निकालेर (स्क्र्याप) विक्री गर्ने गरेको खबर छापेको छ । मोटरसाइकलको लगत कट्टा नगरी भन्सार कार्यालयले स्क्र्यापमा पठाउँदा राज्यले प्रत्येक वर्ष करोडौं बक्यौता गुमाउँदै आएको छ । यसैगपरि गाडीका स्टाफ पाल्न यात्रुबाट बढी रकम लिने गरेको खबर तथा एनआइसी एसिया वैंकले काठमाडौको बालाजु, कपन, गोल्फुटार र लाजिम्पाटमा नयाँ शााखा विस्तार गरेको वित्तीय खबर प्रकाशित गरेको छ ।

यसैगरि नेपाल स्कट एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार तथा ५ लघुवित्त वैंकको नाफ ५५ करोड रहेको खबर कारोवारमा छ ।
आर्थिक दैनिकले वैंकिङ् कसुर अभियोगमा चार वर्षअघिदेखि फरार पवनकुमार काकीलाई पक्राउ गर्न बाटो खुल्ला भएको खबरलाई प्रमुख खबर बनाएको छ । मंगलवार वैंक कसुरका मुख्य अभियुक्तहरुलाई सरकारले पक्राउ गर्न नसकेको विषयलाई प्रमुख खबर बनाएको थियो । फैसलाको पूर्णपाठ आए लगत्तै इन्टरपोलमार्फत प्रक्रिया अगाडी बढाउँने सीआइबीले जनाएको छ । यस्तै, नबिल वैंकमा कर्मचारीको आन्दोलन चर्किदै तथा संघाई ग्रुपद्वारा चिया विकास निगममा अर्बौ रकम घोटाला गरेको खबर आर्थिक दैनिकले आवरण पृष्ठमा खबर छापेको छ । सिभिल ट्रेड सेन्टरको अवैध होर्डिङ्बोर्ड हटाईयो, पीटीएका पूर्ण विवरण सार्वजनिक गर्न नसक्ने कठिनाई बुझिदिन ऊर्जामन्त्रीको आग्रह, एलोभेला उत्पादन गर्दै आएका पाम एग्रोटेकका सञ्चालक रुद्र गिरीलाई ठगी अभियोगमा ४० लाख धरौटी माग गरिएको लगायतका खबर आर्थिक दैनिकमा छ ।

नागरिक दैनिकले चियामा कोलकाताको हैकम रहेको इलामको खबरलाई प्रमुख खबर बनाएको छ । असहयोग गर्ने उद्योगलाई कारबाहीको धम्की दिएको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । पानीमा कार्टेलिङ् सुरु गरेको नेपाल बोटल वाटर उद्योग संघले एकाधिकारमा असहयोग गर्ने उद्योगलाई सरकारी निकाय लगाएर कारवाही गर्ने धम्की दिएको खबर छ । नेपालका ६० प्रतिशत उद्योग काठमाडौमा नै रहेको खबर पनि नागरिकमा छ । पाम एग्रोटेकका सञ्चालक गिरीलाई जेल, नेपाल-बंगलादेश ब्यापार नाकामा पूर्वाधार थप्न ब्यवसायीहरुको माग तथा दर्जन ट्राभल कम्पनीलाई मजदुरको माग पुरा नगरे तालाबन्दी गर्ने वैंद्य माओवादी निकट मजदुर संगठनले धम्की दिएको खबर नागरिक दैनिकमा छ ।

अन्नपूर्ण पोष्टले जिल्लागत बजेट विनियोजनको खबरलाई प्रमुख खबर बनाएको छ । सरकाले चालु अार्थिक वर्षको लागि विनियोजन गरेको बजेटमा सुनसरीका बासिन्दाले प्रतिब्यक्ति एक हजार नौ सय ३९ रुपैंया पाएका छन् । प्रतिब्यक्ति बजेट सुनसरीमा सवै भन्दा कम हो । सरकाले चाले आर्थिक वर्षका लागि ल्याएको ६ खर्ब १८ अर्ब रुपैयाँको बजेटमा जिल्लागत रुपमा खर्च हुने आयोजनाका लागि ९७ अर्ब ९७ करोड रुपैंया विनियोजना गरेको छ ।
यस्तै, मलेसियाली मन्त्रीको बुधवारबाट हुने नेपाल भ्रमणको अवसरमा अवैध कामदार फिर्ता गराउँन आग्रह गरिने खबरलाई अन्नपूर्ण पोष्टले प्राथमिकताका साथ छापेको छ । ठूला आयोजनाहरुमा विद्युतीय प्रणालीबाट ठेकेदार छनोट तथा संखुवासभामा रोगले अलैंची खेती सखाप भएपछि नयाँ प्रविधिबाट खेती सुरु गरिएको लगायतका खबर अन्नपूर्णपोष्टमा छ ।

aannapurna-aarthik

aarthik

karobar

nagarik-aarthik

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment