Comments Add Comment

रियल मड्रिडका लागि जेम्स रेड्रिग्वेजको पहिलो गोल

James Rodriguez

४ भदौ, काठमाडौं । जेम्स रेड्रिग्वेजले रियल मड्रिडमा पहिलो गोल गरेका छन् तर, मड्रिड डर्बी भिडन्त १–१ को बराबरीमा सकिएको छ ।

मंगलबार राति भएको स्पेनिस सुपर कपमा रियल मड्रिड र एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् ।

रियलको घरेलु मैदान बर्नाबाओमा भएको खेलमा रोड्रिग्वेजले पहिलो हाफको अन्तिम मिनेटमा क्रिष्टियानो रोनाल्डोलाई रिप्लेस गरेका थिए । पछाडीको चोटका कारण रोनाल्डोले मैदान छाडेका थिए ।

विश्वकपको गोल्डेन बुट विजेता रोड्रिग्वेजले ८१ औं मिनेटमा गोल गरे । तर, ८ मिनेटपछि एथ्लेटिको मड्रिडका गार्सिआले बराबरी गोल फर्काए ।

दोस्रो लेग शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment