Comments Add Comment

जेब्राक्रसबाटै पनि सडक पार गर्न सक्दैनन् पैदलयात्रु

zebra
४ भदौ, काठमाडौ । ब्यस्त सडकमा पैदलयात्रुका लागि बाटो काट्न सहज होस् भनेर बनाइएको जेब्राक्रसिङ् क्षेत्रमा सवारी चालकले सडक सम्बन्धी नियमहरुको पालना नगरिदिंदा पैदलयात्रुले थप होसियारी अपनाउनुपर्ने अवस्था छ ।

जेव्राक्रसिङ् संकेत छ, त्याहाँ कुनै पैदलयात्रु उभिएको छ भने गाडीको जतिसुकै चाप भएपनि गाडी रोकेर पहिलो प्राथमिकता पैदलयात्रुलाई दिनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता रहेपनि यो अभ्यास नेपालको सन्दर्भमा ठीक उल्टो देखिएको गोरखापत्र दैनिकमा खबर छ ।

नेपालमा सडक अनुशासनविपरीत जेब्राक्रसिङ्मा नै चर्को हर्न बजाउँदै गाडी कुदाउने गरेको पाइन्छ । सडक प्रयोगकर्ताको हेलचेक्राईं, चेतनाको कमी र कानून कार्यान्वयनमा फितलोका कारण जेब्राक्रसिङ् अर्थहिन र समस्याग्रस्त बनेका हुन् ।

ब्यस्त सडकमा पैदलयात्रुलाई प्राथमिकता दिनको लागि जेब्राक्रसिङ्, रेडलाईट सिग्नल र फुटपाथ बनाइएका हुन भने आवश्यक हर्न, लेन मिचाई, जथाभावी ओभरटेक सडक सम्भाब्यताविपरीत गतिविधि हुन् तर नेपालमा सडक सभ्यता नै छैन । यसको मारमा सवै भन्दा बढी पैदलयात्रु र ब्यसमापनि अपाङ्गता भएका ब्यक्ति, वृद्धवृद्धा, गर्भवति महिला र स्कुले बालबालिका पर्ने गरेका छन् ।

सडक विभागका निर्देशक अर्जुनजंग थापाले नेपालमा पहिलो सहर अनि मात्र सडक विस्तारको अवधारणा विकास भएकाले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार जेब्राक्रसिङ् र रेडलाईट सिग्नल राख्ने र त्यही अनुरुप कार्यान्वयन गराउँन नसकिएको स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment