Comments Add Comment

‘ब्युटी’का कारण पशुपति शमशेरले भारतीय बिदेशमन्त्रीसँगको डिनर बिचमै छाडेर हिडे

Pashupati-Shamsher-jabara11

४ भदौं, काठमाडौं । देशमा कत्रा कत्रा समस्या छन् । मूल पार्टीका नेताचाहिँ कुकुरको पछि लागेर समय बर्बाद पार्दैछन् ।
चक्रीय प्रणालीमा अध्यक्ष राख्नेबारे चर्को विवाद झेलिरहँदा राप्रपा अध्यक्ष पशुपति समशेर राणा भने कुकुरको चिन्ता बोकेर भात न पानीको अवस्थामा पुगेको बुधबार प्रकाशित जनआस्था साप्ताहिकले छापेको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणमा भेटघाटका लागि विशेष समय पाए । पहिलो भेट, त्यो पनि महत्वका साथ । ‘इन्डिया कार्ड’ मा पशुपतिको मान्यता अग्लिएको पनि भनियो । तर, त्यत्रो मानमनिताले के गर्नु ? उनलाई देश, कुटनीतिक शिष्टाचार र राजनीतिक परिस्थितिभन्दा कुकुर नै प्यारो भएपछि ।

सुष्माले पशुपतिसँग भेट्नका लागि बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा डिनरसहितको भेट आयोजना गरिन । बेग्लै डिनरसहितको त्यस्तो भेट अर्को कुनै नेपाली नेताका निम्ति थिएन ।

तर, सपत्नी त्यहाँ पुगेका पशुपति पूर्वनिर्धारित ४५ मिनेटको समयअगावै हस्याङफस्याङसाथ बाहिरिए । कारण रहेछ, कुकुरको ।

धेरै वर्षदेखि घरमा पालिएको जर्मन सेर्फड कुकुर सिकिस्त बिरामी भएर उपचारका लागि पेट हस्पिटल विशालनगर लगिएको खबर पाए । ९ वर्षदेखि पालेको कुकुर । हिमालय समशेर राणाको एभरेष्ट क्यानल क्लबबाट खरिद गरेका थिए, पाँच लाखमा । ‘व्युटी’ भनेर बोलाउँथे ।

‘व्युटी’ ले भुजा ज्युनार नगरे पशुपति समशेर पनि लिँदैनथे । आफूले जे खायो, व्युटीलाई पनि त्यही खुवाउनुपर्ने ! मान्छेले जथाभावी खान्छ, तर व्यायाम मार्फत खान्कीबाट पर्ने असर न्युन गर्छ ।

कुकुरलाई पनि आफूले खानेजति सबैथोक खुवाउने तर आफूले गर्नेजति व्यायाम गराउने कुरामा ध्यान नदिँदा पशुपति समशेर सन्तापमा परेका हुन् ।
व्युटी डाइविटिज र सुगरले दुई वर्षदेखि थलियो । त्यसका लागि विशालनगरस्थित शाहीकालीन सञ्चार राज्यमन्त्री श्रीष समशेर राणाको घर छिर्ने मुखैमा रहेको जनावरको अस्पतालमा नियमित चेकजाँच चल्दै थियो । अस्पताल लाने र ल्याउने प्रयोजनका लागि राणाले बेग्लै एयरकन्डिसनर गाडी छुट्याएका थिए ।

तर, सुष्मा स्वराजसँग भेटघाट भइरहेका बेला व्युटी सिकिस्त भएको खबर आयो । ‘इन्तु न चिन्तु भएर सुतेको छ, हजुर बाँच्लाजस्तो छैन्,’ यो सुन्नेवित्तिकै भावुक भए । फेरि केहीबेरमा फोन आयो, ‘सरकार व्युटी त मर्‍यो ।’

यसपछि सुष्मासँग सरी भन्दै पशुपति त्यहाँबाट बिदा भए । उनीसँगै द्वारिकाज गएका, तर भेटघाटका क्रममा बाहिर पर्खिरहेकाहरु छक्क परे, उनी चिन्तित मुद्रामा निस्किएको देखेर ।

सुष्मासँग ठूलै चर्काचर्की पर्‍यो भन्ने अनुमान थियो । तर, जब उनी सवार गाडी विशालनगरस्थित जनावरको अस्पतालमा रोकियो, तब चिन्तित हुनुको कारण सहयोगीहरुले बुझे ।
मरिसकेको ‘व्युटी’ लाई मुसार्दै पशुपति समशेर चश्मा खोलेर आँशु पुछ्न थाले । व्युटीको मुखमा चुम्मा खाए । फेरि एकछिन भक्कानिए । र, भारी मन लिएर आफ्नो निवास विजयबासतिर लागे । यो दिनदेखि पशुपति समशेरको मुहारमा चमक छाएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment