Comments Add Comment

बलिउडले तानेन भोजपुरी स्टारलाई

Rinku-Ghos
मुम्बई । रंगीन दुनियाँमा रमाउनेहरुका लागि बलिउड एउटा यस्तो महत्वपूर्ण स्थान हो, जहाँ प्रवेश पाउनका लागि जुनसुकै कठिन काम गर्न पनि तयार हुन्छन् युवा युवती ।  तर, बलिउड भन्दा केही माईल पर रहेको भोजपुरी फिल्मका स्टारलाई भने बलिउडको मोहले छोएको छैन् ।

भोजपुरी फिल्ममा काम गरेका प्रायः चर्चित कलाकारहरु भोजपुरी फिल्ममै रमाएका छन् वर्षौसम्म ।  भोजपुरीका केही यस्ता स्टार छन, जसलाई आजसम्म बलिउडको मोहले छुँदै छोएन ।

निरहूआ

दिनेश लाल यादब भोजपुरी फिल्मका स्टार मानिन्छन् । उनका प्रसंसकहरुले उनले अभिनय गरेको फिल्म ‘निरहूआ रिक्सा वाला’ हेरेपछि निरहूआ भनेर सम्बोधन गर्न थाले ।

उनले भोजपुरी फिल्ममा काम गरेको एक दशक पुग्यो तर, कहिल्यै बलिउडप्रति मोह जागेन । ‘मलाई भोजपुरीवाटै फुर्सद छैन, किन बलिउडको वारेमा सोच्नु ?’ उनले भने ।

रिंकु घोष

भोजपुरी फिल्मकी चर्चित हिरोईन रिंकु घोषले ५० बढी फिल्ममा काम गरेकी छिन् । १० वर्ष भयो उनले पनि काम गर्न थालेको । छोटै शहरमा रमाईलो छ भन्ने रिंकु ठूलो शहरमा गएर गुमनाम हुन चाहन्नन् ।

सञ्जयकुमार पाण्डेय

चर्चित खलनायकको रुपमा स्थापित छन् सञ्जयकुमार पाण्डेय । उनको भनाई मान्ने हो भने, भोजपुरी फिल्म खेल्नेहरु कोही बलिउड गएका छैनन् । बलिउडवाट भोजपुरीमा आउनेहरु भने थुप्रै छन् ।
उनलाई भोजपुरी फिल्म हेर्ने दर्शकले उत्तर प्रदेशका अमरेश पुरी भनेर चिन्ने गरेका छन् ।

सिंगो भारतका दर्शकले नचिने पनि उत्तर प्रदेश, बिहार र मुम्बईका दर्शकले कहिल्यै नबिर्सेकोमा खुसी छन् ।

सीमा सिंह

सीमा सिंह भोजपुरी फिल्मकी यस्ति स्टार हुन्, जसले ३ सय भन्दा बढि फिल्ममा अभिनय गरेकी छिन् । नौ वर्ष अघि फिल्ममा प्रवेश गरेकी सिमा आईटम डान्सका लागि चर्चित छिन् ।
भोजपुरी फिल्ममा आफ्नो महत्वपूर्ण स्थान रहेको बताउने सीमालाई पनि बलिउडले कहिल्यै तानेन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment